Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

२४ घण्टामा ५ हजारभन्दा धेरै सङ्क्रमणमुक्त, २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि

काठमाण्डौ –
पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार एक सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।

अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई हजार नौ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ६५ पुगेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *