कपिलवस्तुको निषेधाज्ञा आजबाट खुकुलोः पसल विहान ९ देखि साँझ ५ बजेसम्म खोल्न पाउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, असार १

कपिलवस्तुमा आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा केहि खुकुलो भएको छ । जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसिसीएमसीको बैठकले असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो । यसैबीच पाचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइएको छ ।

जिल्ला भित्र अटो रिक्शा बाहेक अन्य सार्वजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न, कुनै पनि मेला, हाटबजार, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु पाँच जना भन्दा बढी भेला÷जम्मा हुन, भिडभाड, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ्ग पुल, जिमखाना संचालन गर्न नपाईने भएका छन् ।

त्यस्तै चिया पसल, खाजा घर, होटल, रेष्टुरेन्ट, पान पसल, शैलुन र व्युटीपार्लर खोल्न नपाईने तर होटल तथा रेष्टुरेन्टले बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्ने प्रशासनले जनाएको छ ।

यस अघि अत्यावश्यक सवारी साधन र खाद्यान्नका पसलहरु बिहान संचालन गर्न दिइएको थियो भने बैंक तथा बित्तिय संस्थाहरु सातामा २ दिन खुलेका थिए । यसपटक नीजि सवारी साधन, मोटरसाइकल, कार, अटो रिक्सा चलाउन पाइने छ ।

यो निणर्य अनुसार अब सार्वजनिक बाहेक सबै यातायातहरु संचालन हुने छन् । यसैगरी बैंक तथा बित्तिय संस्था पूर्णरुपमा संचालनमा आउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

 


प्रकाशित : २०७८ असार १, मंगलवार ०३:४५