
परासी,२ असार :
गण्डक ब्यारेजमा पानीकाे सतह खतराभन्दा माथि पुगेकाे छ । ब्यारेजकाे क्षमता ५ लाख क्यूसेक हाे । अहिले पानीकाे सतह ४ लाख ८ हजार क्यूसेक पुगेकाे भूअार्जन तथा जनसम्पर्क कार्यालयका भूअार्जन अधिकारी तारासिंह थापाले बताए । ब्यारेज जीर्ण भएका कारण ४ लाख कटेपछि उच्च जाेखिम मानिने उनले बताए । पानीकाे सतह अझै बढे बि ग्याब बांध फुटन सक्ने र बस्ती नै डुबानमा पर्ने संभावना बढेकाे उनले जानकारी दिए । पानीकाे सतह बढेपछि अहिले पश्चिम नवलपरासीका २० गाउँ जाेखिममा परेका छन् । पानीकाे सतहसंगै जाेखिम बढेपछि ब्यारेजका ३६ वटै ढाेका खाेलिएकाे छ । यसैबीच गण्डक ब्यारेज र अन्य खाेलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले अाग्रह गरेकाे छ । जाेखिम क्षेत्रमा तत्काल उद्दार र क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।


प्रकाशित : २०७८ असार २, बुधबार १०:०२