पानी पर्ना साथ नवलपरासीको दाउन्ने सडक खोला सरह

ByLumbini Darpan Online

३ असार २०७८, बिहीबार ०९:४८ ३ असार २०७८, बिहीबार ०९:४८ ३ असार २०७८, बिहीबार ०९:४८

नवलपुर । पानी पर्ना साथ नवलपरासीको दाउन्ने सडक खण्डमा सडकमा खोला सरह पानी बग्न सुरु गर्छ ।

मंगलबारदेखि परेको पानीका कारण झण्डै १ फुट हिमाम्मे माटो रहेको दाउन्ने सडकमा यातायात आवतजावतमा समस्या भएको छ ।

सडकमै पानी बगेपछि सडकबाट सावरी साधन पास गराउन ट्राफिक प्रहरीले हम्मेहम्मे परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार दाउन्नेमा यातायात सञ्चालनमा एकदमै समस्या रहेको छ । सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *