आज रुपन्देहीमा कोरोना संक्रमण हुनेको सख्या १९ जना, तिलोत्तमा नगरपालिकामा ११ जना , मृत्यु हुनेको संख्या शुन्य

[sharethis-inline-buttons]

तिलोत्तमा।
रुपन्देहीमा आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेको संख्या आज दोस्रो पटक शुन्य भएको हो । यस भन्दा अघि जेठ २८ गते पनि कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य भएको थियो।

यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ । १५१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, सैनामैना नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिक र कञ्चन गाउँपालिकामा १र१ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ५४५ रहेको छन् भने कूल मृत्यु हुनेको संख्या ४७५ पुगेको छ ।


प्रकाशित : २०७८ असार ३, बिहीबार १३:१८