पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ।।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४ हजार २० जना सङ्क्रमणमुक्त भएको तथा थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


प्रकाशित : २०७८ असार ४, शुक्रबार १२:४०