
४ असार,
बुटवल । रुपन्देहीमा बिगत केही समय देखी कोरोना संक्रमितहरुको संख्यामा कम आइरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा गएको २४ घण्टाको अवधीमा जम्मा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज १८२ जनाको परीक्षण गर्दा ८ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा र सैनामैनामा २÷२ जना थपिएका हुन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका १ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४५३ रहेको छन् ।
रुपन्देहीमा यो अवधीमा कोरोनाबाट १ जना संक्रमितको मृत्यु थपिएका छन् । जिल्लामा अहिले सम्म छुटेका एक जना संगै ४७६ जनाको ज्यान गईसकेको छ ।

