गायक जिवन परियार कोभिड हिरो अवार्ड २०२१ बाट सम्मानित

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु ।
राष्ट्रिय संगीतकर्मी संघका सचिव तथा गायक जिवन परियार हिरो अवार्ड २०२१ बाट सम्मानित भएका छन् । अहिले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले जारी गरेको लक डाउन (निशेधाज्ञा)का कारण आम नागरिकहरु समस्यामा परेका छन् । परियारलाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तराष्टिय संस्थाले सम्मान गरेको हो ।

यस्तो जोखिमका बेला पनी परियार सामाजिक सेवा भावले ओतप्रोत भएका भई काम गरिरहेका थिए । सहयोग तथा राहत बितरणका क्रममा काठमाण्डौ लगायतका जिल्लामा रहेका कलाकार, असहाय, बेसहारा बालबालिका, अपांगता भएका व्यक्ति लगायत लकडाउनका कारण रोजगारी गुमाएका बिभिन्न व्यक्तिहरुलाई सहयोग गर्दे आइरहेका छन् ।

अघाँखाची घर भई कर्म थलो काठमाण्डौं बनाउदै गाएका परियारले करिव दुई दर्जन जती गीतमा स्वर भरिसकेका छन् । यो सम्मानले आफुलाई राहत तथा सहयोगका क्षेत्रमा थप काम गर्ने हौसला मिलेको बताउँछन् ।


प्रकाशित : २०७८ असार ५, शनिबार ०५:५६