असार ७,बुटवल
बितेको २४ घण्टामा रुपन्देहीमाा १५ जना कोरोनाका बिरामी थपिएका छन । आज ३१ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएकाहरुमा तिलोत्तमा नगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, बुटवल उपमहानगरपलिकाका, देवदह नगरपालिका २ सैनामैना नगरपालिकामा २ जनामा र सियारी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा हाल कोरोनाका संक्रिय बिरामीको संख्या ३३० रहेको छन् । भने ६९ जना कोरोनाका बिरामी कोरोनामुक्त भएका छन ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा ३ जना कोरोनाका बिराम िथपिएका छन । अहिलेसम्म रुपन्देहीमा कोरोनाका कारण ८१ जनाको ज्यान गईसकेको छ ।




















