लुदस,कास्की ।
पोखरा महानगरपालिका वडा नं ३३ निवासी युवा व्यवसायी रोजन शाहीले एक बिपन्न परिवारलाई सहयोग गरेका छन् । उनले पोखरा महानगरपालिका वडा नं ३३ कपासेबस्ती बस्ने पे्रम बढुवाललाई सहयोग गरेका छन् ।
आर्थिक रुपमा विपन्न बढुवालको परिवारलाई शाहीले २० हजार बराबरको जस्तापाता सहयोग गरेका हुन् । सानै उमेर देखी सामाजिक सेवा भावले ओतप्रोत शाहीले यस अघी पनि थुप्रै असहाय , विपन्न परिवारलाई खाद्यान्न लगायतका सामाग्री सहयोग गर्दे आएका छन् । सामान्य झुपडीमा बस्ने बढुवाल दैनिक ज्याला मजदुरी गरी आफ्नो जिविका चलाइरहेका छन् ।

एक छोरा,एक छोरी र श्रीमती सहित ४ जनाको परिवारमा रहेका उनी बर्षात, जाडो र हावाहुरीको समयमा अत्यन्त कष्टकर जिवन जिउदै आएका थिए । जस्तापाता पाएर घर छाएपछी उनी हर्षित भएका छन् । उनले भने रोजन सरले गरेको सहयोगबाट हामी सुरक्षित घरमा बस्न पाउने भयौ । यो सहयोगको लागी धन्यवाद दिन चाहन्छु ।



















