ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ढिके नुनको प्रयोग गर्ने अझै, आयोनुनको फाईदाको बारेमा बेखबर

लुम्बिनी दर्पण २०७८ असार १४, सोमबार ०८:३०
[sharethis-inline-buttons]

 

आषाढ १४

क्षितिज विश्वकर्मा, लालबन्दी – सुबिधा सम्पन्न मानिने तराईका कतिपय ग्रामिण बस्तिहरुमा अझै पनी आयोडिन नुनको सट्टा ढिके नुनको प्रयोग हुने गरेको पाईएको छ । खुला रुपमा पाईने ढिके नुनले मानिसको शरिरलाई हानि गर्छ भन्ने चेतनाको कमिका कारण पनी ढिके नुनको प्रयोग भईरहेको जानकारहरु बताउँछन् ।

सर्लाहीको लालबन्दी नगरपालीका १५ का धन बहादुर थामि भन्छन, ‘बाख्रा बस्तुलाई दानामा मिलाएर खुवाउनका लागी ढिके नुन प्रयोग गरिने भएकोले आफुहरुले समेत सोहि नुन खाँदै आईरहेका छौँ ।’

आयोनुनको तुलनामा स्वादमा केहि भिन्नता हुने भएकोले पनी ढिके नुनको प्रयोग हुने गरेको उनको कथन छ । छिमेकी मुलुक भारत सँग सिमा जोडिएका सर्लाही सहित तराईका जिल्लाका सिमावर्ती गाउँमा समेत ढिके नुनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको बताईन्छ । गाउँघरमा आयोडिनयुक्त नुनको प्रयोगको चेतनाको अभावले पनी ढिके नुनको प्रयोगमा कमि आउन नसकेको बसबरिया गाउँपालिका धनगढाका प्रदिप यादवले बताउनुभयो ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनिरहँदा साल्ट ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिनयुक्त नुनको प्रयोगमा भने कतिपय बेखवर छन । आयोडिनयुक्त नुनको प्रयोगले आयोडिनको कमीबाट हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पु¥याउँछन् ।

चिकित्सहरुको भनाई अनुसार दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुन्छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै मलंगवामा बिरोध प्रदर्शन
संचारकर्मी रुपा सुनारको समर्थनमा सर्लाहीको मलंगवामा आईतवार साँझ मसाल जुलुस निकालिएको छ । संयुक्त दलित संघर्ष समिति सर्लाहीले सुनारलाई न्याय, दोषिलाई कारवाही र जातिय बिभेदको मुद्दामा हस्तक्षेप गर्ने शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन गरेको हो । समितीले जातीय विभेद बन्द गर, मतियार मन्त्री राजिनामा दे, रुपा सुनारलाई न्याय दे लगायतका चर्को नाराबाजी गर्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला समेत दहन गरेका छन् । जातकै कारण कोठा खोज्न जाँदा जातिय बिभेद भोग्न बाध्य बनेकी सञ्चारकर्मी सुनार माथि क्रुर जातीय विभेद भएको र शिक्षा मन्त्री श्रेष्ठले विभेद गर्नेलाई साथ दिएको भन्दै प्रदर्शन गरिएको विद्यार्थी नेता महेश पासवानले बताउनुभयो । पासवानको नेतृत्वमा मलंगवा नगरपालिका वडा न–१० स्थित सहिद चोक ९जिविस चौक०मा भएको बिरोध कार्यक्रममा संयुक्त दलित संघर्ष समिति सर्लाहीका सदस्य राजन बैठा, प्रमोद पासवान, कामेश्वर पासवान, दलित अधिकारकर्मी बिनोद राम, मुरारी पासवान लगायत दलित अधिकारकर्मीहरुका साथै विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो ।

वडाध्यक्षको निधनमा शोक ब्यक्त गर्दै सोमबार ईश्वरपुर नगरपालीका बन्द
सर्लाहीको ईश्वरपुर नगरपालीका सोमबार एक दिनका लागी बन्द गरिएको छ । गएको शुक्रवार वडा नम्बर ३ का वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको जेसिबीको बकेटले हानेर हत्या गरिएको घट्नामा दुःख ब्यक्त गर्दै सोमबार नगरपालीका, सबै वडा कार्यालयहरु र नगर मातहतका कार्यालयहरु बन्द गरिएको नगरप्रमुख मनोज देबकोटाले बताउनुभयो । उक्त नगरपालीकामा १५ ओटा वडा रहेको छ । वडा नम्बर ३ को कार्यालय भने आजबाट ३ दिनका लागी बन्द गर्ने नगर कार्यपालीकाले निर्णय गरेको छ । वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । उनीहरु विरुद्ध हिजो आइतवार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि ढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारि दिनुभयो । समाचार साभार आम नेपाली डट कम


प्रकाशित : २०७८ असार १४, सोमबार ०८:३०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech