बुटवल ,असार १५
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले पनि किसानलाई प्रोत्साहन गर्ने गरी दिवस मनाएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। यो वर्ष धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धान दिवस मनाइएको छ।
अखिल नेपाल किसान महासंघलेबुटवलमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाएको छ। बुटवल १२ स्थित सिद्धबाबा तरकारी उत्पादक कृष समूहको १४ कठ्ठा खेतमा धान रोपाइँ गरेको जिल्ला सचिव मधुकला कुँवरले बताइन्। तराईका मुख्य बजार क्षेत्रका खेतीयोग्य भूमि प्लटिङ गरी घडेरीका रुपमा प्रयोग हुँदा धान खेतीको उत्पादन घट्दै गएको बुटवल उपमहानगरका उपप्रमुख गोमा आचार्यले जानकारी दिइन ।उनले स्थानीय सरकारका तर्फबाट धानखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने काम गरिएको बताइन्।




















