काठमाडौँ असार १८
आज २ हजार २ सय ९९ जना कोरोनाका बिरामी थपिएका छन ।
पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६६ पीसीआर तथा ४ हजार ३० एन्टिजेन गरी १० हजार ५ सय ९६ जनामा परीक्षण गरिएको थियो । उक्त परीक्षणको आधारमा संक्रमण दर झण्डै २२ प्रतिशत रहेको देखिन्छ । जुन पछिल्लो केही सातादेखि यथावत रहेको छ ।
आज ३ हजार ५ सय ५१ जना निको भएका छन् । अहिले मुलकभर २९ हजार २ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।कोरोना संक्रमणबाट आज पनि ३४ जनाको ज्यान गएको छ त्रने आज ३ हजार ५ सय ५१ जनाले कोरोनामुत्तः भएका छन ।




















