आज २६२२ कोरोनाका बिरामी थपिए २२११ कोरोनामुक्त

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,असार २१
पछिल्लो २४ घण्टामा २ हजार ६ सय २२ जना कोरोनाका बिरामी थपिएका छन । आज ११ हजार ५२७ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ६२२ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय११ जना कोरोनामुक्त भएका छन भने आज २३ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार २४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


प्रकाशित : २०७८ असार २१, सोमबार ११:३७