बुटवल असार ,२२
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोनाका बिरामी थपिएका छन । आज १२० जनाको नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिने संक्रमित बुटवल उपमहानगरपालिकामा १०, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा ७(७ सिद्धार्थनगर नगरपालिकामा ३, कञ्चन गाउँपालिका २,सैनामैना नगरपालिका, शियारी, मायादेबी र ओमसतिया गाउँपालिकामा १(१ जना गरी जम्मा ३३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीकाले जानकारी दिएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपिन संक्रमितको ज्यान गएको छैन । रुपन्देहीमा हालसम्म कोरोनाका कारण ४९० जनाको ज्यान गईसकेको छ भने २१ जना निको भएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन् ।




















