आज २२३९ कोरोनाका बिरामी थपिए, १३१६ संक्रमणमुक्त

ByLumbini Darpan Online

२५ असार २०७८, शुक्रबार ११:५३ २५ असार २०७८, शुक्रबार ११:५३ २५ असार २०७८, शुक्रबार ११:५३

 

काठमाडौं ,२५ असार

आज नेपालमा पछिल्लो २४ घण्टा थप २ हजार २३९ जनामा कोरोनाका बिरामी थपिएका छन । ११ हजार ३१३ जनाको परीक्षण गर्दा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर विधिबाट १ हजार ४७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको छ ।

हाल कोरोनाका बिरामीहरु २३ हजार ९२० जना होम आइसोलेसनमा र २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । १ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *