लुदस ,साउन ७
नेपालले आज थप १० लाख डोज खोप काठमाडौं ल्याएको छ ।बिहीबार राति ११ बजे थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दैछ । उक्त जहाजले भोलि शनिबार दिउँसो २ बजे १० लाख डोज खोप काठमाडौं ल्याउने बताइएको छ ।
नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको छ भने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा थप १६ लाख डोज खोप अनुदानमा दिने जानकारी गराएकी थिइन् । अब सबै खोप केही दिनभित्रैमा काठमाडौँ ल्याइसकिने नेपाल सरकारले बताएको छ ।




















