
हरि आचार्य, कपिलवस्तु
उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लिले विगत जस्तै विद्यार्थीलाई निःशुल्क भ्रमणलाई निरन्तरता दिने भएको छ । देशका विभिन्न पर्यटकीय स्थल तथा चर्चित कलेजहरुमा भ्रमण गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको हो । यस बर्ष उक्त शैक्षिक संस्थामा ब्रिज कोर्ष अध्ययन गर्ने १ सय विद्यार्थीहरुलाई निःशुल्क रुपमा भ्रमण लैजाने बताईएको छ ।
साथै गत बर्ष जस्तै यस बर्ष पनि उक्त शैक्षिक संस्थाले उत्कृष्ट र आर्थिक स्तर कमजोर विद्यार्थीलाई निःशुल्क रुपमा ब्रिज कोर्ष अध्यापन गराईरहेको छ । विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुर र गजेहडामा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै ब्रिज कोर्ष अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई चर्चित कलेजहरुमा भ्रमण गराउने सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् ।
विद्यार्थीहरुको सिकाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले देशका चर्चित कलेज तथा पर्यटकिय क्षेत्रको भ्रमण गराईएको र यो बर्ष उक्त कार्यलाई निरन्तरता दिने बताए । कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी निषेधाज्ञाको अवस्था अनुसार केहि दिनमै ब्रिज कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भ्रमण लैजाने कार्यालयले निर्णय गरेको छ ।
विगतका बर्षहरुमा लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.मा अध्ययन गरि काठमाण्डौ र बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।

