लुदस ,काठमाडौं ,साउन ८
बितेको २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा,१ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ९८२ जना पीसीआर परीक्षणमार्फत संक्रमित थपिएका छन् भने एन्टिजेनमार्फत गरिएको परीक्षणमा ९९५ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै , यो अवधिमा १८ जनाको कोरोनाबाट ज्यान गएको छ ।




















