बुटवल, साउन ८
रुपन्देहीम पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिदा ३५ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टाको अवधिमा ३७१ जनाको कोरोना परीक्षण गरिएकोमा ३३ जना नयाँ संक्रमित थपिएका हुन ।
पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीकाले जानकार िदिएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३३२ रहेका छन् ।




















