ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतीय सिमा कडाई गर्न बुटवल उद्योग बाणिज्य संघको माग

लुम्बिनी दर्पण २०७८ श्रावण ८, शुक्रबार ११:२०
[sharethis-inline-buttons]

बुटवल, ८ साउन

नेपालका सिमावर्ती बजारलाई भारतीय सिमावर्ती बजारले अत्यधिक प्रभाव पारेको भन्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सिमानाका कडाई गर्नेगरी नीतिगत व्यबस्था मिलाउन माग गरेको छ । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सिमानाका बन्द हुँदा स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेको देखिएकोले सरकारले सिमानाका कडाई गर्ने नीति लिए त्यसले नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

भैरहवा आउनु भएका बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेललाई बिहीबार साँझ ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विभागबाट हुनसक्ने विभागबाटै गरिदिन र नहुने कुराहरु मन्त्रालयमा पहल गरिदिन आग्रह गर्नुभएको हो ।

ज्ञापन पत्र बुझ्दै महानिर्देशक पौडेलले कतिपय कुराहरु फाईल तयार भएर पनि विभागीय मन्त्री नहुँदा मन्त्रालयमा फाईल लैजान नपाएको बताउनु भयो । विभागबाट हुने कुराहरु विभागले मिलाउने र दुई तिनवटा कार्यालयबाट हुने कुरालाई एकद्वारबाट हुनेगरी तयारी भएको जानकारी गराउनु भयो । उहाँले एक्जिम कोड एकद्वारबाट गर्न वाणिज्य कार्यालय मार्फत हुनेगरी तयारी भएको बताउनु भयो ।

संघले बुझाएको ज्ञापन पत्रमा निकासी पैठारी प्रयोजनका लागि व्यबसायीले लिने आयात निर्यात संकेत नं। ९एक्जिम कोड०को धरौटी लगायत नविकरण गर्ने प्रावधान तथा प्रकृयालाई सरलिकरण गर्न र बैंक सेवा शुल्क न्युनतम गर्न, एक करोड भन्दा बढी पूजीं भएका ब्यावसायीक फर्मको दर्ता तथा नबिकरण बिभागबाट हुँदै आएकोमा स्थानीय बाणिज्य कार्यालयबाट व्यबस्था मिलाउन, साना व्यवसायीहरुको आवश्कयता अनुसार सहज रुपमा सुनचाँदी आपुर्तिको व्यवस्थाका साथै व्यवसायीले ग्राहक तथा सर्वसाधारणबाट खरिद गर्ने सुनचाँदीमा अव्यवहारिक प्रशासनिक झन्झटहरुलाई सहजीकरण गर्न आग्रह गरिएको छ ।

त्यस्तै उद्योग व्यवसाय फर्म दर्ता तथा बन्द गर्दा जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्र आयकर र मुल्यअभिबृद्ध कर ९भ्याट० खारेज गर्ने नीतिगत व्यवस्था मिलाउन, बैंकिंङ् ङ्गकारोवार प्रयोजनको लागि धितो स्वरुप हुने रजिष्ट्रेशन शुल्क न्यूनत्तम कायम गरी पूजींको आधारमा हुने व्यवस्था मिलाउन तथा साफ्टा सुविधा अन्तर्गत दक्षिणएशियाली देशबाट सामान पैठारी गर्दा एल।सी।लाई बाध्यकारी नगरी बैंक माध्यम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलायन आग्रह गरिएको छ ।

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवालाई बोधार्थ लिईएको ज्ञापन पत्रमा व्यवसायिक र औद्योगिक प्रयोजनको लागि प्रयोग हुने सामानहरु ल्याव टेष्टको कारणले भन्सारमा रहँदाको डिमान्ड चार्ज भुक्तानी गर्दा लागत बढ्नसंगै मुल्यपनि बढ्ने भएकोले स्थानीय स्तरमै ल्याव टेष्टको व्यबस्था मिलाउन, कोरोना भाईरस महामारीबाट प्रभावित साना व्यबसायलाई सरलीकृत रुपमा सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यबस्था मिलाउन र अनौपचारिक क्षेत्रमा रहेका सानाव्यवसायलाई समेत दर्ता प्रक्रियामा ल्याई राहतमा समाबेश गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदा संघका अध्यक्ष कसजू सहित निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यसमित सदस्यहरु बसन्तप्रसाद ढकाल, कृष्ण श्रेष्ठ, दीपक चापागाई, संघका कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको सहभागिता थियो ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ११:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech