भेरोसेल खोपको ८ लाख डोज आज नेपाल आइपुग्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,काठमाडौं,साउन १०

चीनबाट भेरोसेल  ८ लाख डोज नेपाल आइपुग्ने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ८ लाख डोज खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरीद गरेको छ। तीमध्ये असार २५ र साउन ७ गते ८–८ लाख डोज गरी १६ लाख डोज खोप नेपाल आइसकेको छ। आजसहित २४ लाख खोप नेपाल आइपुग्ने छ। बाँकि ८ लाख डोज खोप लिन विमान पुनः बेइजिङ जाने बताइएको छ।यसअघि साउन ७ गते नेपाल एयरलाइन्सको जहाजले ८ लाख डोज खोप ल्याएको थियो । चीनबाट अबको तीन दिनभित्र २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ श्रावण १०, आईतवार ०९:१३