‘आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन सक्छन्’ : स्वास्थ्य मन्त्रालय

ByLumbini Darpan Online

११ श्रावण २०७८, सोमबार ०७:५७ ११ श्रावण २०७८, सोमबार ०७:५७ ११ श्रावण २०७८, सोमबार ०७:५७

लुदस, काठमाडौँ ,साउन १०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनामा कोरोना भाइरस संक्रमण करिब २ लाख पुग्ने बताएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो बताएको हो ।

हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको मन्त्रालयले बताएको छ । संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *