साउन ११
कर्णाली प्रदेशमा आजदेखि कोरोनाविरूद्धको अर्को खोप अभियान सुरू भएको छ। संघबाट कर्णाली प्रदेशका लागि खोप पठाएपछि आजदेखि लगाउन सुरू गरिएको हो।सुर्खेत जिल्लामा मात्र कर्णाली प्रदेशको अभियानअन्तर्गत आज खोप लगाउन सुरू गरिएको छ। बाँकी जिल्लामा एकरदुई दिनभित्र खोप कार्यक्रम सुरू हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी नोदनारायण चौधरीले बताए।आज सुर्खेतमा मात्र कार्यक्रम सुरू भएको छ, बाँकी जिल्लामा अनुकुलता अनुसार छिट्टै सुरू हुन्छ,’ चौधरीले भने, ‘जिल्लाहरूमा जहाँ पायक पर्छ, त्यहाँ खोप केन्द्र बनाएर खोप लगाउने कार्यक्रम हुन्छ।’
अहिले सरकारले पठाएको खोप हिमाली जिल्लाबाहेक अरू जिल्लामा पुगिसकेको उनले बताए। डोल्पा र हुम्लामा भने जहाजमार्फत खोप पठाउनुपर्ने भएकाले एकरदुई दिनभित्र पुग्ने उनले जानकारी दिए।
अहिले कर्णाली प्रदेशका लागि सरकारले ७६ हजार ३२० डोज कोरोनाविरूद्धको खोप पठाएको छ। जसमा ५९ हजार डोज भेरोसेल छ भने १७ हजार ३२० डोज जोन्सन एण्ड जोन्सन खोप रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।