विद्यालय भर्ना अभियान २०७८ का लागि सरोकारवालासंग अन्तरक्रिया

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु 
सिद्धार्थ सामाजिक विकास केन्द्र चार नम्बर जितपुर कपिलवस्तुको आयोजनामा विद्यालय भर्ना अभियान २०७८ का लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम (सिड्स) अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बाणगंगा नगरपालिकाको समन्वय तथा स्ट्रोम फाउण्डेसनको सहयोग रहेको थियो । कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र, विभिन्न विद्यालय, टोल विकास संस्था, वाल क्लव, युवा क्लव लगायतका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा खासगरि वालवालिकाहरुलाई कसरि विद्यालय प्रवेश गराउने र विद्यालय छिरिसकेका वालवालिकालाई कसरी टिकाउने भन्ने विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा सहभागिले गरिवी र अभिभावकमा चेतनाको कमिले गर्दा वालवालिका विद्यालयको पहुंचमा आउन नसकेको बताएका थिए ।

त्यस्तै विद्यालय गएका वालवालिकाहरुको पनि शिक्षक अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिईएको थियो । विद्यालयमा भौतिक पुर्वाधार, आधुनिक प्रविधिको विकास, पर्याप्त शिक्षकको व्यवस्था भएमा विद्यार्थीको सिकाई उपलब्धि प्रभावकारी हुनेमा जोड दिइएको थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले कसैले कसैलाई दोष लगाउनु भन्दा विद्यार्थी, अभिभावक र शिक्षक सबै समन्वय र सकारात्मक सम्बन्ध भएमा हाम्रो लक्ष्य पुरा हुने बताए । उनले संस्थाले गरेका विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी दिंदै सबै बालवालिकालाई विद्यालयको पहुंचमा लैजाने हामी सबैको दायित्व रहेको बताए ।

त्यस्तै वडाध्यक्ष सोमनाथ अर्यालले वडाको समग्र शैक्षिक अवस्थाको जानकारी दिंदै सल्लाह सुझावलाई मनन् गर्दै अगाडि बढ्ने बताए । वडाध्यक्ष अर्यालले सिमित स्रोत र साधनको प्रयोग गर्दै वडालाई शिक्षामा समृद्ध बनाउनका लागि आफु लागिपरेको बताए । भौतिक विकास निर्माणले मात्र वडा संमृद्ध नहुने भन्दै वडाध्यक्ष अर्यालले समाज रुपान्तरणको मुख्य आधार शिक्षा रहेकाले यस तर्फ आफु सचेत रहेको बताए ।


वडाध्यक्ष अर्यालको अध्यक्षता रहेको कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रको सिड्स कार्यक्रमका सामाजिक परिचालक दिनेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ श्रावण १४, बिहीबार ११:५४