बाजुराका १० वर्षीय बालकमा डेल्टा भरियन्ट पुष्टि

[sharethis-inline-buttons]

बाजुरा , साउन २२

एक १० वर्षीय बालकमा कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट पुष्टि भएको छ। जिल्ला अस्पताल बाजुराबाट बाहिर रिफर गरिएका ती बालकमा कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

जिल्ला अस्पताल बाजुरामा एन्टिजेन परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई धनगढी रिफर गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए। काठमाडौंमा स्वाब संकलन गरी भारत पठाएपछि डेल्टा भेरियन्ट पुष्टि भएको डाक्टर जोशीले जानकारी दिए।

जिल्लामा कोरोना महामारी फैलिरहेको संकेत देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीले बताए । अस्पतालमा आउने बालबालिका १० वर्ष आसपासका रहेको डाक्टर जोशीले बताए ।


प्रकाशित : २०७८ श्रावण २२, शुक्रबार ११:१३