काठमाडौं , साउन २३
पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि हुदा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन् । आज १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा ३२१८ जना संक्रमित थपिएका हुन्।
देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।आज थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।