काठमाडौं , साउन २६
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोभिड १९ संक्रमण पुष्टि भए)काृ छ । १९ हजार १२३ जनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण आज थप ३५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या १० हजार १५० पुगेको छ।हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ।




















