काठमाडौँ, साउन २९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणमुक्त भएको ३० दिनपछि मात्र कोभिडविरुद्धको दोस्रो मात्रा लगाउनलाई अनुरोध गरेको छ।
मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपले दुई सातापछि मात्र काम गर्ने जानकारी दिएको छ।स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खोपको पहिलो मात्रा लगाएको केही समयमा कोभिड भएमा पुनः पहिलो मात्रा नलगाउन पनि सुझाव दिएको हो।