ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

किशोरीमै एकल भएकी सपनाको सपना

लुम्बिनी दर्पण २०७८ श्रावण ३१, आईतवार ०८:०८
[sharethis-inline-buttons]

सप्तरी , साउन ३१

सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ। कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएको छ। १६ वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन्।

सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ। कानुनअनुसार उनको बिहे गर्ने उमेर भर्खर भएको छ। १६ वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन्।

फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ साउन २२ गते साँझ इनरुवाको सुनसरी पुल नजिक तरकारी लिएर आएको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा रामको घटनास्थलमै मृत्यु भयो। श्रीमानको मृत्यु हुँदा उनी १८ वर्षकी थिइन्, काखमा थिइन् छ महिनाकी छोरी राधिका।

श्रीमानको मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो। सासु पवित्री सुतिहार शर्माले पोइ टोकुवा भनेर सराप्नाका साथै कुट्नसमेत थालिन्। दाइजो मागेर हैरान पारेका सासु र जेठाजुले श्रीमानको मृत्युपछि काजकिरीया र भोजमा भएको खर्चसमेत माग्न थाले। दुर्घटनामा घाइते भएकी आमालाई हेर्न माइत जान पनि उनीहरूले रोके। एक दिन आफू कोठामा नभएका बेला गरगहना झिकेर लगेको पनि सपनाले बताइन्।

काखे छोरीमा समेत हेलोहोचो र लैङ्गिक विभेद हुन थाल्यो। सबै यातना सहे पनि दुधे शिशुप्रति रूखो व्यवहार भने सहन नसकेर छोरी च्यापेर माइत आइन्। युवावस्थामा टेक्न नपाउँदै आमा बनेकी सपनालाई छोरीको लालनपालनमा निकै सास्ती भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह गोडियारी टोलस्थित माइतीको शरणमा बस्दै आएकी सपनाको विवाह दर्तासमेत भएको थिएन। आमा सरिता शर्माको पहल र अधिकारकर्मीको सहजीकरणमा विवाह दर्ता, नाता प्रमाणित र छोरीको जन्मदर्ता पनि गराइएको छ।

विवाह पछि छुटेको पढाइलाई पुनः निरन्तरता दिन चाहेकी उनी सीप सिक्नाका साथै रोजगार हुुने योजनामा छिन् तर घरपरिवारले अझैसम्म नागरिकता बनाइदिन मानेका छैनन्। विवाह भइसकेकाले स्व श्रीमानकै नामबाट नागरिकता बनाउनुपर्ने अवस्था आएको छ। विवाह दर्ता, नाता कायम र छोरीको जन्मदर्ताका लागि ठूलै सङ्घर्ष गर्नुपरेकामा अब नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेकी सपनालाई मृतक श्रीमानको हक, छोरी र आफ्नो भरणपोषण, एकल महिलाले राज्यबाट पाउने सेवासुविधा र रोजगारीका लागि पनि नागरिकताको आवश्यकता भएको हो।

‘छोरी सानै छ। एसएलसी पास हुनासाथ विवाह भएकाले थप पढ्नुपर्ने भएको छ, सीप सिक्नुपर्ने छ र रोजगारी खोज्नुपर्ने छ नत्र हुर्कँदै गरेकी छोरीलाई कसरी पाल्नु’, गुनासो गर्दै सपनाले भनिन्, ‘थाहै नपाएर कलिलै उमेरमा बिहे भयो। बिहे गर्ने उमेर नपुग्दै विधवा हुनुपर्‍यो। अब कसरी बाँच्ने।’

आफ्नी छोरीको भविष्य उज्ज्वल बनाउनका लागि भए पनि काम गर्न चाहेकी सपनालाई थप पढ्न नपाएकामा पछुतो भएको छ। ढिलै भए पनि पहिले कक्षा १० सम्म पढेको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित रोयल सेकेण्ड्री स्कूलमा उच्च माविमा अध्ययन गर्नाका साथै सोही विद्यालयको प्राथमिक तहमा पढाउनसमेत थालेकी उनले सिलाइकटाइको छ महिने तालिम पनि पूरा गरेर महिलाले लगाउने म्याक्सी, कुर्ता सुरुवाल, गाउन, ब्लाउज, पेटिकोट सिलाउने कमसमेत गर्दै आएकी छिन्।

सपनाले भनिन्, ‘म अब आफ्नोभन्दा छोरीका लागि उच्च शिक्षा हासिल गर्न र स्थायीरूपले रोजगार हुन चाहन्छु तर नागरिकता छैन के गरुँ रु’ कम्तीमा स्नातक तहसम्मको अध्ययन पूरा गर्ने लक्ष्य लिएकी उनले भनिन्, ‘योग्यता, क्षमता जति बढाए पनि नागरिकता नपाएसम्म रोजगारी पाउन असम्भव छ। श्रीमान् भएका भए बनाइदिनुहुन्थ्यो तर सासु र जेठाजु नागरिकता बनाइदिन तयार छैनन्।’

आफ्नो चार वर्षकै उमेरमा बुबाको मृत्युपछि आमाले गरेको सङ्घर्षको प्रत्यक्ष अनुभव गरेकी सपना भन्छिन् ‘नाबालकमै बुवाको मृत्युले बाध्यतावश आफ्नो सानैमा विवाह भए पनि छोरीलाई पढाएर ठूलो मान्छे बनाउँछु, अनिमात्र विवाहको कुरा अघि बढाउँछु।’रासस


प्रकाशित : २०७८ श्रावण ३१, आईतवार ०८:०८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech