
काठमाडौं ,साउन ३१
बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुदा १८६७ जना संक्रमणमुक्त भएका छन् । । सोही अवधिमा ३३ जनाको संक्रमणबाट ज्यान गएको छ ।
बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएकोस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।

