काठमाडौं , भदौँ १
पछिल्लो २४ घन्टामा थप ३२ सय ७४ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि हुदा र १९ सय २९ जना कोरोनामुक्त भएका छन् । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १७ हजार ६८९ नमूनामा यो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
११ हजार ५६५ नमूनाको पीसीआर र ६ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये २४ सय ५६ जनाको पीसीआर र ८१८ नमूनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हाजर ८७१ पुगेको मन्त्रालयले जनाएको छ ।




















