युनियन लाइफ इन्सुरेन्सले दियो मृत्यु दावी भुक्तानी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,तौलिहवा ।
कोरोनाबाट मृत्यु भएका कपिलवस्तु नगरपालिका वाड ७ बगौहा निवासी ३८ बर्षका बाल गोविन्द चौधरीको परिवारलाई युनियन लाइफ इन्सुरेन्सले मृत्यु दावी भुक्तानी दिएको छ ।

स्वर्गिय चौधरीकी धर्म पत्नी साधना चौधरीलाई पाँच लाख उन्नाइस हजार बराबरको चेक हस्तान्तरण गरेको युनियन लाइफ इन्सुरेन्स चन्द्रौटाका शाखा प्रवन्धक तिलक वि.क.ले जानकारी दिएका छन् ।

निज मृतकले गत बैशाखमा पाँच लाखको सावधिक जिवन बिमा गराउँदा उनन्चालिस हजार तिरेका थिए हाल पाँचस लाख उन्नाइस हजार दावी भुक्तानी गरेको प्रवन्धक वि.क.ले बताए ।


प्रकाशित : २०७८ भाद्र ५, शनिबार ०४:३८