ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुढ्यौलीमा पनि आरनकै भर

लुम्बिनी दर्पण २०७८ भाद्र १३, आईतवार ११:१२
[sharethis-inline-buttons]

 

रामपुर ९पाल्पा० १३ भाद्र
।कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उनलाई भर आरनकै छ । त्यो हिजोभन्दा आज झन बढ्दो छ ।

दिउँसोको चर्को घाममा आरनमा पसिना काढ्दै हँसिया, कोदालो, कुटो, बञ्चरोलगायत फलामका औजार बनाउने काममा उनको जीवनचर्या बितिरहेको छ । उमेरले बुढ्यौली टेक्यो, नातिनातिना, परिवारसँग घरमै आराम गर्ने बेलामा आरनमा बसेर घन ठटाउँदै छन् । यो उनको रहर नभएर बाध्यता हो ।

रामपुर नगरपालिका–८ कुमराङ बस्ने विकले यसरी नै सानो झुप्रोमा बसेर घन ठटाएरै पाँचदशक बिताए । जीवनको उत्तरार्दमा आइपुग्दा पनि आरन व्यवसाय धान्नु उनको बाध्यता नै भएको छ । उनी भन्छन्, “मैले १४ वर्षको उमेरबाट नै घन ठटाएर आरनको काम शुरु गरेको हुँ, अहिलेसम्म पनि यो कामबाट मुक्ति पाउन सकेको छैन । पढाइलेखाइ नभएपछि आफूले जे जानियो त्यही काम समातियो ।”

घरमा बाउबाजेले धान्दै आएको आरन सीप र व्यवसायलाई उनले अहिलेसम्म निरन्तरता दिएका छन् । यस व्यवसायमा युवापुस्ताले भने चासो दिएका छैनन् । “जवानीमा त बिहानीको झिसमिसे उज्यालो हुन नपाउँदै आरन शुरु गर्थें, ग्राहक पनि भरिभराउ हुन्थे, काम राम्रै चलेको थियो, रात परेको पनि कामले पत्तो पाउँदैनथे यसरी नै काम गरेरै उमेर ढल्कियो”, उनले हिजोका दिन सम्झँदै भने ।

बिहान गाउँघरमा भाले बास्न नपाउँदै सबेरै उठेर आरन चलाउने विकको अहिले भने उमेर ढल्कँदै गएपछि जवानी अवस्थाकै जस्तै काममा छिटो, छरितो नभए पनि दैनिकी भने आरनमै बितिरहेको छ । पहिला तामाको पनि काम गर्ने विकले हिजोआज भने उमेर ढल्कँदै जाँदा फलामजन्य औजारको मात्रै काम गर्छन् । फलामको कामबाट अहिले दैनिकजसो करिब रु एक हजार कमाइ गर्छन् । ढल्कँदो उमेरमा पनि विकले व्यवसायलाई निरन्तरता दिएका छन् ।

रामपुर नगरपालिका–८ को कार्यालयले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट गत आर्थिक वर्षको अन्तमा आरन व्यवसाय चालाउने व्यवसायीलाई विभिन्न सामग्री सहयोग गरेको छ । रु २० हजार बराबरको रकमबाट दुई जना आरन व्यवसायीलाई जस्तापाता, घन, चिम्टालगायतका सामग्री सहयोग गरेको वडाध्यक्ष बोमबहादुर नामजाली बताउन्छन् ।

रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने ६२ वर्षीय इन्द्रबहादुर विकले पनि आजसम्म आरन व्यवसाय धानेकै छन् । आफ्नै घरको एक छेउमा बसेर ग्राहकको रोजाइअनुसारका फलाम, तामा लगायतका सामग्रीलाई हातले कुँदेर तयार पार्छन् ।

“हामी विश्वकर्मा समुदायको पुरानो पेशा सबैले गाउँमा छाड्दै गएका छन्, आरनमै बसेर पङ्खा घुमाएर नियमित काम गर्ने कमै छन्, हामीले त बाँचुञ्जेल सक्दासम्म दुःख सुखले व्यवसाय धानौँला, अबका सन्ततिले यसमा चासो भने दिँदैनन्”, उनले भने ।

विकले यो व्यवसाय गर्न थालेको चारदशक भयो, हिजोआज सबैले यो पेशा छाड्दै गए पनि उनले भने आफूले सकुञ्जेलसम्म व्यवसायलाई निरन्तरता दिने अठोट गर्छन् । उनी भन्छन्, “घरमै बसेर एक महिनामा रु २० हजार देखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरुले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै सङ्कटमा पर्दै गएकामा दुःख लागेको छ ।”

हातले कुदेर बनाइएको कोदालो, बञ्चरो साइज हेरेर रु ६०० देखि एक हजार, हँसिया रु १०० देखि ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताए । गाउँघरमा कोइलाको अभाव हुँदै जाँदा आरन व्यवसाय चलाउन समस्या परेको विकको भनाइ छ ।

हातले कुँदेर कलात्मक रुप दिइ गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हँसियालगायत विभिन्न सामग्री लामो समयसम्म टिकाउ हुने भएकाले पनि आरनबाटै तयार पारिएका सामग्री खोजी खोजी घर घरमा प्रयोग गरिन्छ ।

यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको छ । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि रामपुर नगरपालिका–४ मा आरनसम्बन्धी औजार व्यवसायीलाई उपलब्ध गराइएको छ ।

वडाले बजेट विनियोजन गरी जस्तापाताको छानो, आरनमा काम गर्न प्रयोग हुने पङ्खालगायत सामग्री यसअघि नै व्यवसायीलाई सहयोग गरिएको वडा सदस्य सीमादेवी राना बताउन्छन् ।

“आरन व्यवसायलाई संरक्षण गर्न वडाभित्र भएका व्यवसायीलाई विभिन्न आवश्यक सामग्री उपलब्ध गराइएको छ, यदि कोही व्यवसायी व्यवसाय गर्न चाहानुहुन्छ भने उहाँहरुलाई वडाले सहयोग गर्नेछ”, वडा सदस्य रानाले भने ।

युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लाग्नु, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा आरन व्यवसाय हराउँदै गएको पाकापुस्ता बताउँछन् । गाउँघरमा भने आरन चलाउने युवा कमै छन् । एक दशकअघि यस क्षेत्रमा ५० भन्दाबढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने कमैले मात्र व्यवसाय चलाएको पाइन्छ । रासस


प्रकाशित : २०७८ भाद्र १३, आईतवार ११:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech