ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सडकमार्ग नखुल्दा मनाङका किसानले स्याउ टिपेनन्

लुम्बिनी दर्पण २०७८ भाद्र ३१, बिहीबार १०:३३
[sharethis-inline-buttons]

मनाङ, भाद्र ३१

यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताए ।

उनले भने “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।”

उहाँका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ । उनी जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । यस पटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङले बताए । उनले भने “दशैंँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ । ”

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताए । “गतवर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यसवर्ष पनि दशैंसम्म सडक निर्माण हुने खबर पाएका छौं । सोही अनुसार प्याकिङको काम थालेका छौं । सडक बनेपछि बजारमा पु¥याउने तयारीमा छौ ।” उनले भने ।

सडक मर्मत जारी

यसैबीच डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिए । मर्मत तथा सम्भार र निर्माण जारी रहेकोे उनले बताए ।

“सडक मर्मत तथा सम्भार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाही भएकै हो ।”, उनले भने ।

उनका अनुसार अगामी दशैँं अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए । सो सडकखण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बेँशीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उनले बताए । उनका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुनबाँकी छ । माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ । स्रोत रासस


प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १०:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech