ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पर्यटक कुँर्दैछन् : सहस्राब्दी पदमार्गका व्यवसायी

लुम्बिनी दर्पण २०७८ भाद्र ३१, बिहीबार ११:०९
[sharethis-inline-buttons]

गण्डकी, भाद्र ३१

कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयदेखि ठप्प बनेका पर्यटकीयस्थल खुल्दै जान थालेसँगै तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रस्थित सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०का व्यवसायी यतिखेर पर्यटकको स्वागतका लागि जुटिसकेका छन् ।असोजको पहिलो सातादेखि पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्गमा क्षेत्रमा रहेका १७ वटा घरबास ९होमस्टे०का सञ्चालकलाई यतिखेर सरसफाइ एवं पूर्वाधारलाई व्यवस्थित गर्न भ्याइनभ्याइ छ । लामो समयदेखि कोरोनाका कारण प्रभावित यस क्षेत्रको पदयात्रा आगामी दिनमा बढ्ने विश्वास पलाएको मिलेनियम ट्रेक व्यस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

पदमार्गको ढोर मूलकोट दरबारदेखि नै हिमाली एवं पहाडी दृश्यलाई नियाल्दै पदयात्रा गर्न पाइने यो पदमार्ग ७२ किलोमिटर दूरीको छ । सन् २००० बाट खुलेका कारण मिलेनियम ९सहस्राब्दी० पदमार्ग नामकरण गरिएको यस पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकालाई जोड्छ ।

बालकदेखि बृद्धसम्म जो कोहीले पदयात्रा गर्न सर्न सक्ने यो पदमार्ग पार गर्न कूल ६ रात ७ दिन समय छुट्याउनुपर्छ । पदमार्गको ढोरमूलकोट, कोल्माकोट, भैंसेगौंडा, गहते मनकामना, फारथुँ, बुढाकोटलगायत स्थानबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, माछापुछ्रे, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालनलगायत संस्कृतिको संरक्षणलाई पनि यहाँको गुरुयोजनामा समेटिएको छ ।

अघिल्लो वर्ष पनि कोरोनाका कारण लामो समय प्रभावित बनेको पदमार्ग यस वर्ष समेत चैत यता सञ्चालनमा आउन सकेको थिएन । पदमार्ग सञ्चालनमा नआए पनि कोरोना महामारीका बाबजुद स्वास्थ्यमापदण्ड प्रति सचेत बन्दै पूर्वाधार विकासका कामलाई भने अघि बढाइएको महासचिव गुरुङले जानकारी दिए । “अघिल्लो वर्ष पनि कोरोना कहरका बीच पदमार्ग क्षेत्रका मिलेनियम गुफा, ढोर मूलकोट दरबार, भीरकोट कालिका दरबार, गहते मनकामनालगायत स्थानमा पूर्वाधार विकासका काम अघि बढाएका थियौं”, उनले भने ।

यस वर्ष पनि पदमार्ग क्षेत्रको शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित जन्ते ढुङ्गा क्षेत्रमा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको रु तीन लाख ५० हजारको सहयोगमा तारबार गरिएको उनले जानकारी दिए । पदमार्ग क्षेत्रकै पुतलीबजार नगरपालिका–१२ पेल्काचौरको गैरी स्वाँहारादेखि केघा देउरालीसम्म ४२० मिटर पैदलमार्ग व्यवस्थित गरिएको उनको भनाइ छ । देशका अन्य पर्यटकीय गन्तव्य खुलेसँगै आगामी असोज १ गतेदेखि सहस्राव्दी पदमार्ग पनि पर्यटका लागि खुला गरिएको उनले जानकारी दिए । “पदमार्ग क्षेत्रमा रहेका १७ वटै होमस्टेका सञ्चालक यतिखेर पर्यटकको पर्खाइमा छन्”, उनले भने, “मध्यपहाडी क्षेत्रमा पदयात्रा गर्नुको आफ्नै विशिष्ट मौलिकता रहेका कारण पनि पछिल्ला समयमा यस पदयात्रा मार्गमा पर्यटकको चासो बढ्दै गएको छ ।”

पहाडी तथा हिमाली दृश्य नियाल्नुका साथै नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्राका क्रममा ठाउँ ठाउँमा देख्न पाइनु यहाँको विशष्टिता हो । पदयात्रासँगै पर्यापर्यटनमा रुचि राख्नेका लागि पनि सहस्राव्दी पदमार्ग पुग्नै पर्ने गन्तव्य रहेको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताए । उनका अनुसार पदयात्राका क्रममा यस क्षेत्रमा विभिन्न जातका पुतली, चराचुरुङ्गीका साथै स्तनधारी प्राणीहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । पदमार्गअन्तर्गत पुतलीबजार नगरपालिका–२ को राङभाङ—भैँसेगौंडामा प्रकृतिका साथीहरू संस्थाको आयोजनामा अघिल्लो वर्ष वन्यजन्तु अनुसन्धान विधि तालिम सम्पन्न भएको थियो । विभिन्न जिल्लाका १३ जना सहभागीले उन्नाइस दिने तालिमका क्रममा जङ्गलमा रहेका चरा, पुतली एवम् स्तनधारी प्राणीको पहिचान र त्यसको अनुसन्धान विधि बारे जानकारी लिएका थिए ।

यस वर्ष पनि प्रकृतिका साथीहरूको प्राविधिक सहयोगमा राङभाङ(भैंसेगौंडा क्षेत्रमा पुतली, चरा तथा स्तनधारी प्राणीको गणना गर्ने गरी कार्यक्रम अघि बढाउन लागिएको मिलेनियम भैसे गौडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए । एक अध्ययन अनुसार राङभाङ–भैंसेगौंडा क्षेत्रमा मात्रै ११५ प्रजातिका चरा भेटिएका छन् भने समग्र सहस्राव्दी पदमार्ग क्षेत्रमा १३७ प्रजातिका चरा पाइएका छन् । सहस्राव्दी पदमार्गको ५२ किलोमिटर बन क्षेत्रले समेटिएको छ ।

आगामी दिनमा आउन सक्ने पर्यटकलाई लक्षित गरी होमस्टेका सञ्चालकले पनि तयारी थालिसकेको बताउँदै उनले आफूहरू आगामी दिनमा कोरोना भाइरस सङ्क्रमण हटेर यस क्षेत्रको पर्यटन चलायमान बन्ने विश्वासमा रहेको बताए । “कोरोना भाइरस सङ्क्रमणका कारण आन्तरिक पर्यटनको विकास अहिलेको आवश्यकता हो”, उनले भने, “लामो समयको बन्दाबन्दीका कारण घरमा नै बन्दी भएर बस्नुपरेका व्यक्तिहरू आफ्नो परिवार सहित ढुक्कसँग यस पदमार्गमा पदयात्रा गर्न सक्दछन् ।” स्रोत रासस


प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार ११:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech