चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, अरु कैयौँ बेपत्ता

ByLumbini Darpan Online

१२ आश्विन २०७८, मंगलवार १५:४७ १२ आश्विन २०७८, मंगलवार १५:४७ १२ आश्विन २०७८, मंगलवार १५:४७

गुयाङ,आश्विन १२

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ । स्रोत रासस

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *