प्रहरीमाथि किन बढ्न थाल्यो गुनासो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

टिकाराम घिमिरे
तिलोत्तमा , अशोज १५

नेपाल प्रहरीको क्षमतामाथि नै प्रश्न उठ्ने गरी, घटनाहरु सार्वजनिक भइरहेका छन । अपराध रोक्न जुट्नुपर्ने प्रहरी  अपराधीको संरक्षणमा लागेको, विभिन्न अपराधिक घटनाहरुमा संलग्न भएको, रुखो व्यवहार गर्ने गरेको, गाउँघरमा गुनासो गर्न जाँदा व्यवास्था गर्ने गरेको प्रहरीमाथि गुनासो छ । अहिले प्रहरीमाथि नागरिक गुनासो बढ्दै जाँदा नेपाल प्रहरीको संरचनामै परिवर्तन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । प्रहरीको प्रमुख लाई शक्तिशाली बनाउनसके chain of command बलियो हुने प्रहरीहरूको मनोवल उच्च हुने कतिपयको बुझाइ छ । राम्रो काम गर्नेलाई पुरस्कृत, नराम्रो काम गर्नेलाई कारबाहीको अधिकार प्रहरी प्रमुखलाई दिनुपर्छ । नेपाल प्रहरीको सरुवा सम्बन्धी मापदण्डलाई समेत परिमार्जित गरि प्रहरी प्रमुखको,अधिकार क्षेत्रभित्र ल्याउनुपर्छ । नेपाल प्रहरीको सरुवा बढुवामा गृहमन्त्रालय हाबी हुँदा राजनीति घुसेको हो भन्न सकिन्छ । नेपाल प्रहरीको संरचनागत सुधार गरी संगठनलाई बलियो बनाउने अवसरका रुपमा गृहमन्त्रालय सरकारले लिनुपर्ने देखिन्छ ।


प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १७:२७