ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

झोलुङ्गे पुलले फेरिदियो अदुवाबारीको मुहार

लुम्बिनी दर्पण २०७८ कार्तिक १, सोमबार १५:१४
[sharethis-inline-buttons]
Image XYZ

गलकोट,कार्तिक १

बाँदरको बिगबिगीले बाँझो बनेको अदुबाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका(१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको थियो ।

खेतीपाती हुने स्थानमा बाँदरको बिगबिगीका कारण अदुवा मात्र लगाइने गरिन्थ्यो । स्थानीवासीका अनुसार यसैबाट अदुवाबारी नाम रहन गएको हो । पछिल्लो समय उक्त स्थानको मुहारै फेरिएको मात्रै छैन थेगिन नसक्नु आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

तितेपातीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिए पछि अहिले व्यावसायिक चहलपहल बढ्दो छ ।

अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु सञ्चालन हुन थालेका छन् । घर भवन निर्माण भइरहेका छन् । केही वर्ष अघिसम्म अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयले सोच्दै नसोचेको बताउँछन् । डरलाग्दो भिर माथिको टाकुरोमा झोलुङ्गे पुलले धेरैलाई आकर्षित गरेको छ ।

पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नुका साथै सिङ्गो धौलागिरिको पर्यटन क्षेत्रमा पनि रौनकता थप्न थालेको छ । कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।

दैनिक पुलमा चार देखि ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । मानिसको आगमन बढेसँगै पुलको पारी पर्वततर्फ व्यवसाय फस्टाउन थालेका छन् । किराना पसल, होटल तथा रेष्टुराँलगायतका व्यवसाय गर्ने सङ्ख्या र लगानी बढ्दो छ ।

पुल निर्माणसँगै फेरिएको अदुवाबारीमा व्यवसायको राम्रो सम्भावना रहेको अदुवाबारीका होटल व्यवसयासी गोपाल रिजालले बताए । उनले गत वर्षदेखि होटल सञ्चालन गरेकोमा कोरोना सङ्क्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताउँछन् । पुलकै कारण यो ठाउँमा व्यापार व्यवसायका लागि उपर्युक्तस्थल बन्दै गएकाले व्यापार व्यवसायका लागि व्यवसायी थपिने क्रम जारी छ । केही वर्ष अगाडिसम्म यो ठाउँ निकै सुनसान र डरलाग्दो भिर भए पनि पुलले व्यावसायिक ढोका खोल्दिएको रिजाल बताउँछन् ।

“पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पूरै ठाउँनै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ”, उनले भने, “यहाँ मैले होटल रेष्टुराँ सुरु गरेको पनि एक वर्ष भइसक्यो, पहिला सुनसान जस्तै थियौँ, अहिले व्यावसायिक प्रयोजनले यति धेरै घरहरु बनेका छन्, पसल खुलेका छन् अझै खुल्ने तर्खरमा छन् ।”

स्थानीय गोम माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउँछन् । माझीले यस ठाउँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकोमा अहिले दैनिक सयौँ मानिस आउनुले पर्यटन र अरु व्यापारका लागि राम्रो सम्भावना र विकास भइरहेको बताए । उनले पुल खुलेपछि व्यवसाय सुरु गरेको जनाउँदै आफ्नो व्यवसाय अहिले निकै राम्रो भएको जानकारी दिए । पुलको मुखमै पसल गरेर बस्नुभएकी माझीले अहिले दैनिक सयौँ मानिसलाई पानी र सामान्य खाजा बिक्री गर्दै आएका छन् ।

यस क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि व्यावसायिक रुपमा स्वीङ पनि सञ्चालनमा ल्याइएको छ । अरु संरचना पनि निर्माण भइरहेका छन् । पर्वतको कुश्मा नगरपालिका(१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले पर्यटनमैत्री पूर्वाधार निर्माणका साथै यो ठाउँलाई थप व्यवस्थित र पर्यटक आवतजावतको सहजताका लागि वडा कार्यालयले सडक सञ्जालसमेत विस्तार र स्तरोन्नति गर्ने योजनामा रहेको जानकारी दिए ।

उनले अदुवाबारी क्षेत्रमा सञ्चालनमा आएका होटल तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याएर आर्थिक विकासमा समेत टेवा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

तिलोत्तमामा दलित ज्ञान उत्सव–२०८२ को तयारी

बैशाख २५ बाट तिलोत्तमामा राष्ट्रिय परिचयपत्र वितरण

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासीको सुनवल नपा –६ मा रहेको पोखरीमा डुबेर एकै घरका दाजुभाइ मृत फेला

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech