ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मुसीकोटमा बस्ती स्थानान्तरण कार्य सुरु

लुम्बिनी दर्पण २०७८ कार्तिक १, सोमबार १५:२९
[sharethis-inline-buttons]
Image XYZ

कात्तिक ३१

 

मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो ।

भौगोलिक रुपमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्ने उदेश्य रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । बस्ती एकीकृत हँदा पुर्वाधारको सुविधा, आय–आर्जजमार्फत गरिबी निवारण, स्वास्थ्य, शिक्षाको पहँुच सँगै रोजगारी सृजना गर्न सकिने सापकोटाको भनाइ छ । पहाडी जिल्लाहरूमा धेरै बस्ती छरिएर रहेकाले विकास पुर्वाधारका संरचनामा ठुलो बजेट खर्च हुने गरेको छ । जसका कारण आर्थिक सामाजिक विकासमा पछाडी पर्दै आएको छ । सोही अवस्थालाई मध्येनजर गर्दै बस्ती स्थान्तरणलाई जोड दिएको नगरप्रमुख सापकोटाले बताए ।

मुसीकोट नगरपालिका–५ आँपचौरको हात्तीगौडा भौगोलिक रुपमा अति विकट छ । यो ठाउँ चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको बिचमा पर्छ । यहाँ १२ घर विपन्न दलित परिवार बसोबास गर्दै आएका छन् । उनीहरूको लागि हात्तीगौडा बास बस्ने स्थान मात्रै थियो । विद्यालय, स्वास्थ्य संस्था र यातायातको पहुँच थिएन । काम गर्न विहान गाउँ छोडेपछि साँझ मात्रै फर्किन्छन् । ‘पुर्खा नै हात्तीगौडा बसे । हाम्रो पनि गाउँ छोडेर बसाई सर्ने उपाय भएन,’ मुसिकोट नगरपालिका–५ हात्तीगौडाका प्रकाश सामतले भने,‘ नगरले ठुलो गुन लगाएको छ ।’

अहिले मुसीकोट नगरपालिका–५ आँपचौरको देउरालीमा घर निर्माण भइरहेको छ । दसैंसम्म १२ घर परिवारनै नयाँ घरमा बस्ने योजनामा थिए । तर लामो समयसम्म पानी परेकाले समयमै काम सम्पन्न भएन ।’ अहिले ६ घर निर्माण भइरहेका छन् । ती मध्ये दुई परिवारले पुरै काम सकेको मुसिकोट नगरपालिका–५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । उनले स्थानीय तहको निर्वाचनमा बोलेका मध्येका बस्ती स्थानान्तरणको काम पनि पुरा गर्न सकेकोमा खुसी व्यक्त गरे ।
नगरले प्रति रोपनी डेढ लाखका दरले स्थानीयको जग्गा खरिद गरेको छ । घरगोठ, शौचालय र सानो करेसाबारी समेत हरेक परिवारलाई डेढदेखि दुई रोपनी जग्गा प्रदान गरेको छ । नगरपालिकाले नै घर छाउनको लागि जस्तापाता उपलब्ध गराएको छ भने काठ र ढुंगा बोक्न ट्याक्टर दिएको खरेलले जानकारी दिए । मुसीकोट नगरपालिकाले शिक्षा, स्वास्थ्य, पुर्वाधार र कृषि पर्यटनमा उल्लेख्नीय काम गरिरहेको छ । साना भन्दा दीर्घकालिन र ठुला प्रभाव पार्ने योजनाहरू नगरभित्र सन्चालनमा छन् ।

यो कार्यका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो ।


प्रकाशित : २०७८ कार्तिक १, सोमबार १५:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

तिलोत्तमामा दलित ज्ञान उत्सव–२०८२ को तयारी

बैशाख २५ बाट तिलोत्तमामा राष्ट्रिय परिचयपत्र वितरण

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासीको सुनवल नपा –६ मा रहेको पोखरीमा डुबेर एकै घरका दाजुभाइ मृत फेला

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

आधारभूत सिलाई कटाई र एडभान्स डल तथा कुशन तालिम कार्यक्रमको समुद्घाटन

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech