ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

किसानले बाली बीमा पाएनन्

लुम्बिनी दर्पण २०७८ कार्तिक ११, बिहीबार १६:३२
[sharethis-inline-buttons]

बलेवा ,११ कार्तिक

बरेङ गाउँपालिका–२ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैँची लगाएका छन् । हिउँद र वर्षा दुवै याममा देखिनसक्ने क्षतिको खतरालाई कम गर्न उनले बालीको बीमा पनि गरेका छन् । तर, क्षति बहन गर्छ भनेर गरेको बीमा अहिले धनीश्वरलाई निल्नु न ओकेल्नु भएको छ । प्रभु इन्स्योरेन्समा बीमा गरेका धनीश्वर सदरमुकाम र पोखरा कयौं पटक धाए । बीमा गर्न उहाँको बगानमै पुगेका कम्पनीका प्रतिनिधिलाई कयौं पटक फोन गरे । तर, न त बीमा रकम पाए, न त बगान सफा गर्न पाएका छन् । बीमा कम्पनी प्रभु इन्स्योरेन्सले बेवास्ता गरेका कारण धनीश्वर पीडित छन् ।

गाउँमा रहेका २४ परिवारले अलैंँचीको खेती गरेका छन् । नमूना अलैँची समूहमा आबद्ध किसानमध्ये धनिश्वर धेरै जमिनमा अलैँची लगाउने किसान छन् । अन्यबाली प्रतिस्थापन गरेर व्यावसायिक अलैँचीमा लागेका उनको खेतीमा अहिले खरानी मात्रै छ । आगलागीपछि अलैँचीका मुनाको धनीश्वरले व्यवस्थापन गर्न पाएका छैनन् ।

विसं २०७८ वैशाख १३ मा उहाँको अलैँची बगानमा आगो लाग्यो । नजिकैको जङ्गल हुँदैआएको आगो निभाउने प्रयास गर्दागर्दै बगान पस्यो । उनले निभाउने प्रयास गर्नुभयो तर आगोले अलैँचीको बगान सकेपछि मात्रै निभ्यो । बगानमा आगो लाग्दा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक सबैले देखे । बीमा गरेकाले प्रहरी मुचुल्का, कृषि प्राविधिक तथा वडाध्यक्षको सिफारिस सबै तयार गरे । बीमा कम्पनीलाई फोन गर्दा जवाफ आयो, “अहिले कोभिडको बेला छ, बगान नछुनस्, हामी आएर हेर्छौं ।” वैशाखमा आश्वासन दिएका प्रभु इन्स्योरेन्सका प्रतिनिधि अहिलेसम्म पौडेलको बगान पुगेका छैनन् ।

जिल्लामा कोरोनाको त्रास नगन्य भएर सबै क्रियाकलाप सञ्चालनमा आउँदासमेत इन्स्योरेन्स कम्पनीले उनको बगानमा प्रतिनिधि पठाएको छैन् । ‘‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन्,’’ पौडेलले भने, ‘‘मैले खरानी सफा गर्न समेत पाइन । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइन ।’’

पौडेलले रु नौ लाख ९६ हजारको बीमा गरेका थिए । आगलागी भएको सात महिनासम्म पनि बीमा रकम नपाएकोमा उनी आक्रोशित छन् । नेपाल सरकारले प्रिमियममा दिएको ७५ प्रतिशत अनुदान लिएका पौडेलले कृषि ज्ञान केन्द्र बागलुङलाई जानकारी गराएका थिए । ‘‘उनको गुनासो धेरै आएको छ । हामीले ताकेता मात्रै गरेका छैनौं । मन्त्रालयबाट बीमा कम्पनीसँगै कुराकानी भएको खबर छ,’’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भने, ‘‘यस्तै घटना देखेर किसानले बीमा गर्नै मान्दैनन् ।’’ बीमाको प्रिमियम शुल्क शतप्रतिशत सरकारले व्यहोर्दा भुक्तानी नपाइने भन्दै उनले किसानले बाली तथा पशुपक्षी बीमा गर्न चासो नदेखाएको बताए ।

अघिल्लो आर्थिक वर्षमा किसानको प्रिमियम भुक्तानीको लागि आएको रु ६ लाखमध्ये केही रकममात्रै खर्च भएको थियो । इन्स्योरेन्स कम्पनीको लापरवाहीकै कारण यसवर्ष पनि एकजना किसानले मात्रै बाली बीमा गरेका छन् । अरु किसानको बीमामा चासो छैन । किसानको मात्रै होइन, प्रभु इन्स्योरेन्समा कोरोना बीमा गरेका बागलुङका पत्रकारले पनि बीमा रकम पाएका छैनन् । बीमा पोलेसीमा उल्लेखित अवधिभित्रै कोरोना सङ्क्रमण भएका ६ जना पत्रकारको दाबी पेश भएको भए पनि प्रभु इन्स्योरेन्सले बहनाबाजी गरेर भुक्तानी नदिएको पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव विजय रानाले बताए ।

‘‘प्रक्रिया पुगेको एकदेखि दुई सातासम्म भुक्तानी पाउनुपर्ने हो तर अहिले त फोनसमेत उठ्न छोडिसक्यो’’, उनले भने, ‘‘भुक्तानी दिन नसक्नेले किन अभियान चलाएर बीमालेख भराएका होलान् रु’’

‘किसानले फाइल ढिलो ल्याउँछन्’

प्रभु इन्स्योरेन्सले भने आगलागी भएका किसानले नै फाइल ढिलो पठाएका कारण भुक्तानीमा ढिलाइ भएको जवाफ दिने गरेको छ । ‘‘हामी बगानमै पुग्नुपर्दैन, फोटो भिडियो भए पनि पुग्छ’’, प्रभु इन्स्योरेन्सका बीमा दाबी हेर्ने अधिकारी बतशल ढकालले भने, ‘‘उनको फाइल ढिला आएको हो, हामीले रोकेको हैन ।’’ पत्रकारको कारोना बीमाका विषयमा अर्थ मन्त्रालयले निर्णय गर्न ढिलाइ गरेका कारण भुक्तानी दिन नसकेको उनले सुनाए । ‘‘बीमा कम्पनी, पुर्नबीमा कम्पनी, राष्ट्रिय बीमा बोर्ड र अर्थ मन्त्रालयको दायित्व तेकिएको थियो’’, उनले भने, ‘‘२० वटै कम्पनीको एउटै नियम हो, अहिलेसम्म कम्पनीले रु ९ अर्ब दायित्व भुक्तानी गरिसके, बाँकी भुक्तानीको काम त अर्थको हो ।’’ बाली तथा पशुपक्षी बीमालाई चुस्त बनाउनुपर्ने सरोकारवालाको माग छ । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक ११, बिहीबार १६:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
प्रतिक्रिया

यो पनि पढौँ

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech