ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाँझो बारीमा ढकमक्क सयपत्री

लुम्बिनी दर्पण २०७८ कार्तिक १७, बुधबार १६:०४
[sharethis-inline-buttons]

तनहुँ , कार्तिक १७

दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको रु’ यो प्रश्नले तनहुँ भिमाद नगरपालिका–८ धरमपानीका गोविन्द अधिकारीको मन अमिलो भयो र त्यतिबेलै उनले प्रण गरे अर्को साल जसरी पनि आफ्नै बारीमा सयपत्री फूलाउँछु ।

दिदीले ल्याएको मालालाई नै उनले बिऊ बनाएर बारीमा परीक्षण स्वरुप लगाए । त्यही सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहर लाग्दो भयो । ‘त्यही वर्ष मालाको सयपत्रीलाई बिऊ बनाएर बिरुवा लगाउँदा ६० हजार रुपैयाँ जतिको व्यापार गरे होला,’ गोविन्द सम्झन्छन् ।

कोदो खेती गरेर मरिमेटी गर्दा मुस्किलले एक मुरी नफल्ने बारीमा ६० हजार रुपैयाँको फुल फुलेपछि उनी हौसिए । गोविन्दले यसपालि बर्षौदेखि बाँझिएको साढे चार रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाँझिएको बारी मात्रै होइन धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।

चितवनबाट कलकत्ते ९सुन्तले रंगको० सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । बर्षौदेखि कोदो समेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फुल फुल्दा वातावरण नै मनमोहक बनेको छ । रपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको शुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।

उनले लगाएको एउटै बोटमा ६० वटासम्म सयपत्रीको थुंगा छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले बजार पनि सजिलै पाउने उनी बताउँछन् । उनले फूलको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फुल देखेपछि हामी लैजान्छौँ भनेर व्यापारीको फोन आइरहेको छ,’ उनले भने, ‘बर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल ल्याइन्छ भनेपछि बजार पाउन दुःखै छैन् । उत्पादन गरेमात्रै भो, पैसा लिएर व्यापारी घरमै आउने भए ।’ माग धेरै आएपछि आफुले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाइ गर्ने योजना रहेको अधिकारीले बताए । गत बर्ष लगाएको सयपत्री फुल सबै घरबाटै विक्री भएको उनी बताउँछन् ।

एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब हानिए । १० बर्षको बसाइपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचे जस्तो सन्तुष्टी मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो । फेन्सीमा पनि सोचे जस्तो नभएपछि किराना पसल चलाए । जुन अहिले पनि छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन । गत बर्ष लगाएको सयपत्री फूलमा भने उनको मन अडिएको छ ।

सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपालि व्यवसायिक तरिकाले लागेका उनी अर्को बर्ष फूल खेतीलाई अझ विस्तार गर्ने योजनामा छन् । ‘यहाँका धेरै युवा फूल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामूहिक रुपमै लाग्छौँ होला,’ अधिकारीले योजना सुनाए । गाउँमा रहेका बाँझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फूललाई प्रतिस्थापन गर्ने सुर कसेको उनले बताए । तिहारको बेला मात्र नभएर हरसमय फूल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए । स्रोत विनोद ढुंगानारन्युज कारखाना


प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १६:०४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech