ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने ?

लुम्बिनी दर्पण २०७८ कार्तिक २१, आईतवार १३:५९
[sharethis-inline-buttons]

नेपालगञ्ज, कार्तिक २१

बाँके नरैनापुर–३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् ।

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ । नकाटेको धान पनि हावाले ढालेर कुहिएको छ । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, सत्तवाले निरास हुँदै भनिन्, ‘परिवारलाई कमाएर खुवाउन श्रीमान छैनन् । म एक्लीले कसरी पाल्ने यत्रो ८ जनाको परिवार ।’

स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएकी सत्तवाको दैनिकी खेतमा उम्रेको धानको बाला र पानीमा डुबेर कुहेको धान केलाउने सुकाउने गर्दै बित्ने गरेको छ । उनले भनिन्, ‘गाउँमा रोजगारी पनि पाइँदैन । धान थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजार चलाउने हो के खाने भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’

उनकै छिमेकी संगीता रैदासको पनि अवस्था उस्तै छ । संगीताको पनि डेढ विगाह खेतमा लगाएको धान पानीमा कुहेर नष्ट भएको छ । खेतमा डुबेको धान सुकाउन हुलाकी सडकमाथि थुपारेकी उनले उम्रिएधार धानको बाला देखाउदै भनिन्, ‘ उम्रेको धान छ । यसबाट कस्तो चामल निस्कन्छ र खाने हो । ऐलानी र जमिनदारको जग्गा जोतेका छौँ पालिकाबाट धानको क्षतिको क्षतिपूर्ति लिन जाउ भने आफ्नो नाममा लालपूर्जा छैन । लालपूर्जा नभए क्षतिपूर्ति पाइँदैन भन्छन् ।’

पानीकै कारण नरैनापुरकै २ का सफिउल्ला खाँनको २ विगाहा ५ कठ्ठामा लगाएको धानबाली नष्ट भयो । ‘खाइ नखाई गरेर लगाएको धान खेलमा पाकेर पहेँलै भएको थियो । तर, धान नष्ट गरेपछि अब ९ जनाको परिवार पाल्ने पिरलो थपिएको छ ।

अस्फाक खाँनको पनि पीडा उस्तेै छ। सफिउल्ला, संगीता र सत्तवा त नरैनापुरका बेमौषमि वर्षाका पीडित किसान प्रतिनिधि पात्र हुन् । नरैनापुरका अधिकांश किसानको आँगनमा उचो सडकमा जहाँतहिँ पानीमा डुबेर कुहेको धानको रास देख्न सकिन्छ । कुहेकै भएपनि केही काम लाग्ने छ कि भन्दै धानको व्यवस्थापन गर्न जुटेको देखिन्छन् । कात्तिक महिनामा यसअघि कहिल्यै यसरी वर्षात नभएको र वर्षा भए पनि डुबान र बाढीको बितण्डा नदखेका यहाँका स्थानीय किसानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।

गत कात्तिक १ गतेदेखि परेको बेमौसमी वर्षातको कारण बाँकेमा झण्डै ६० प्रतिशत धानमा नोक्सान गरेको छ भने नरैनापुरमा पनि सोही अनुपातमा क्षति गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले किसानले काटेर राखेको धान खेतमै उम्रिएको बताए । शाखा प्रमुख भण्डारीले कात्तिक महिनाको सुरुमै परेको बेमौसमी झरीका कारण पालिकामा ६ हजार ३ सय ८५ हेक्टर जमिनको धानबाली नष्ट भएको जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।

प्रति हेक्टर ४ दशमलव १५ टन उत्पादन हुने सो क्षेत्रमा ६ हजार ३ सय ८५ हेक्टरमा लगाइएको धान बाली नष्ट हुँदा पालिकाको ५१ करोड बराबरको क्षति भएको हो ।

धानबाली लगाएका कुनै पनि किसानले बिमा नगरेको शाखा प्रमुख भण्डारीले बताए ।स्रोत रुद्र सुवेदीर न्युज कारखाना


प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १३:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech