ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियो, किसान चिन्तित

लुम्बिनी दर्पण २०७८ कार्तिक २१, आईतवार १७:२९
[sharethis-inline-buttons]

झापा , कार्तिक २१

दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र ९कोल्ड स्टोर०मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए। बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।

रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।

कमल गाउँपालिकाका किसान इन्द्र दाहालले आलु रोप्नका लागि माटो तयार गरेर बीउ आलुको बोरा घरमा ल्याएर खोल्दा ९० प्रतिशत कुहिएको फेला पारेको बताए । “घरमा कुहिन्छ भनेर पैसा तिरितिरी चिस्यान केन्द्रमा आलु राखेका थियौँ”, उनले भने, “रोप्न भनेर केन्द्रबाट आलु घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइयो । अब के रोप्ने ?

कमल गाउँपालिकाबाट आइपिएम कृषि सहकारी संस्थामार्फत १८० किसानको ८०० बोरा आलुको बीउ चिस्यान केन्द्रमा राखिएको थियो । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले पालिकालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरेर किसानलाई आलुखेतीमा प्रोत्साहन गर्न लगानीसमेत गरेको छ ।

आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकताअनुसारको बीउ कोल्डस्टोरमा भण्डारण गर्दै आएका थिए । बीउ आलु कुहिएका बारेमा कोल्डस्टोरले जानकारी नगराएको र घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको उनको भनाइ छ । चिन्तित मुद्रामा भेटिएका दाहालले संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरुले भर्नुपर्ने माग गरे ।

चिस्यान केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले कमल गाउँपालिकाको आइपिएम कृषि सहकारी संस्था, गौरादहको महारानीझोडा साना किसान सहकारी, दमक नगरपालिकाको मानसरोवार कृषि सहकारी, मोरङको पथरी कृषि सहकारीमार्फत किसानको बीउ आलु भण्डारण गरिएको जानकारी दिए ।स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १७:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech