ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी

लुम्बिनी दर्पण २०७८ कार्तिक २४, बुधबार १५:१३
[sharethis-inline-buttons]

वालिङ , कार्तिक २४

यहाँका एक किसानले एकै याममा सात क्विन्टल सयपत्रीको फूल बेचेर दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीका चन्द्रबहादुर रानाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिकरुपमा गरेको फूल खेतीबाट उक्त आम्दानी लिन सफल भए । ‘मौलाकालिका कृषि तथा पशुपक्षी फर्म’ मार्फत उनले एक हजार ५०० बिरुवा अमेरिकन सन ओरेन्ज मेरिगोल्ड र एक हजार ५०० बिरुवा मेरिगोल्ड गरी छ हजार फूलका बिरुवा लगाएका हुन् ।

“गाउँमा रहेको आफ्नै आठ रोपनी क्षेत्रफलको बारीमा व्यावसायिकरुपमा दुई महिनाअघि फूल खेती थालेको हुँ,” व्यवसायी रानाले भने, “विदेशबाट आएको फूलमा हामीले पैसा खर्च गरिरहेका छौँ, हाम्रै गाउँपाखामा रहेका बाँझो बारीमा फूल लगाए पनि यसबाट राम्रो आम्दानी लिन सकिने ठानेर फूललाई नै व्यवसायका रुपमा अगाडि बढाएको हुँ ।”दसैँ र तिहारको अवधिभरमा सात क्विन्टल फूल बिक्री गर्दा रु दुई लाख १० हजार आम्दानी गरेको व्यवसायी रानाले बताए । फर्ममा उत्पादन भएको फूल प्रतिकेजी रु तीन सयका दरले बिक्री गरे ।

यहाँ उत्पादन भएको फूल पोखरामा पाँच क्विन्टल, भैरहवामा एक क्विन्टल, फर्मबाटै एक क्विन्टल बिक्री भएको हो । “दसैँ र तिहारका समयमा यहाँ उत्पादन भएको फूलको माग स्याङ्जा जिल्लासहित पोखरा, भैरहवा लगायतका स्थानमा पुग्यो,” व्यवसायी रानाले भने, “माग अझै थियो तर पु¥याउन सकिन, अझै फुल्दै छ अब करीब दुई क्विन्टल फूल उत्पादन हुने अनुमान गरेको छु, उक्त फूल आउँदै गरेको ठूली एकादशी र मङ्सिरमा हुने विवाह लगायतका कार्यहरुमा बिक्री हुनेछ ।”

उत्पादनका क्रममा बाँकी रहेको फूलबाट न्यूनतम पनि रु साठी हजार आम्दानी हुने अनुमान उनको छ । आगामी दिनमा नर्सरीलाई अझै व्यवस्थित र आधुनिक यन्त्र उपकरण, औजारहरुको प्रयोगबाट कम लागतमा उत्पादन लिने गरी तयारी थालेको उनले बताए। एउटै याममा फूल बिक्रीबाट राम्रो आम्दानी लिन सफल भएपछि हौसला जागेकाले अझै ठूलो परिमाणमा खेती विस्तार गर्ने सोचमा उनी छन् । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक २४, बुधबार १५:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech