ताजा अपडेट

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जुम्ली महिलाले जित्दै गरेको छुईविरुद्धको लडाइँ

लुम्बिनी दर्पण २०७८ कार्तिक २५, बिहीबार १५:०२
[sharethis-inline-buttons]
Image XYZ

जुम्ला , कार्तिक  २५

कर्णाली प्रदेशको केही जिल्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा ९छाउपडी० अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले ‘मनका गोठ’ भत्काउने अभियान थालेको थियो । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिलाको “मनमा रहेका गोठ’ भत्काउने अभियान थालेको थियो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।

अभियानले महिनावारी हुँदा वनको गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ । अझै पनि केही महिला छुई हुँदा गोठमा गाईवस्तुसंगै बस्न बाध्य छन् । तिलागाउपालिका–१ की रारालिहीँ गाउँकी दुर्गा बुढाले भनिन्, ‘तर, हामीले भने अब स्वास्थ्यलाई दाउमा राखेर गोठमा बस्न सकिँदैन भनेर दुई वर्षदेखि घरको एक कोठामा छुई भएको बेला बस्ने गरेकी छु । उनले भनिन्, ‘गोठमै बसेर धेरै वर्ष बिते, श्रीमान्को प्ररेणाले अब घरमै बस्न थालेकी छु ।’ छुई हुँदा यहाँ तीनदेखि सात दिनसम्म बार्ने चलन छ ।

तिला गाउँपालिका र सर्वोदय नेपालले गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुईगोठमुक्त अभियान बारे छलफल चलाएपछि रारालिहीँ र लिहीगाउँलाई बुधबार छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ । स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको अध्यक्ष योगीको भनाइ छ ।

तिलागाउपालिका–१ की कार्यपालिका सदस्य बाटु बुढाले भनिन्, छुई प्रथा महिलालाई दबाउन गरिएको कार्य हो । यो कार्य अहिलेको समाज सुहाउँदो छैन । अब हाम्रो सुरक्षाको लागि भए पनि छुई गोठमा होइन बस्न तयार भएका हौं,’ बुढाले भनिन, ‘अब हामी सबै महिला घरभित्रको एउटा कोठामै बस्न थालेका छौ ।’

जुम्ला तिला गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मै छुई गोठमुक्त गाउँ घोषणा गर्न सफल भएको उपाध्यक्ष बिष्णु बुढाले बताइन । उनले भनिन्, ‘राज्यले नै छाउपडी प्रथा अन्त्यका लागि निर्देशिका बनाएको छ । परम्परादेखि चलिआएको छुई प्रथा सबै मिलेर फ्याँक्नु पर्ने आश्यकता छ ।’

उनले धामीझाँक्री, सासुससुरा, पुरुष, किशोरकिशोरी सबैसँगको सहकार्यले मात्रै यो सम्भव हुने बताइन । ‘पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त बनाउने अभियान हो,’ उपाध्यक्ष बुढाले भनिन्, ‘सर्वोदय नेपालसँगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासँग छुईगोठमुक्त गाउँ घोषण गर्न तयार भएको छ । यो अभियान तिलागाउँपालिका मात्रै होइन जुम्लाका आठै वटा स्थानीय तहमा चलाउनु पर्ने आवश्यक छ ।’

छुइगोठमुक्त गाउँ घोषणा गर्न यहाँका संरचना पनि बाँधक बनेको स्थानीय धामी बिक्रम परियारले बताए । उनले भने, ‘अधिकांश घर दुई कोठाका छन् । एउटा भान्सा, एउटा सुत्ने कोठा,’ परियारले भने, ‘आफैँ छुईं भयौं भनेर गोठमा जान्छन् । आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसँग जुध्न सक्ने संरचना निर्माणमा जोड दिने आवश्यक छ ।’तर पनि केही वर्षयता गोठमा बस्ने चलन धमाधम हटेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

घरमै सुरक्षित नहुने महिला गोठमा बस्दामा के हालत होला भनेर सबै मिलेर समाजका यस्ता कुसँस्कृति अन्त्य हुनु पर्ने निर्देशक खत्रीको भनाइ छ । स्रोत दिलमाया शाहीरन्यूज कारखाना


प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार १५:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान
  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते
  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई
  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती
प्रतिक्रिया

यो पनि पढौँ

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

तिलोत्तमामा दलित ज्ञान उत्सव–२०८२ को तयारी

बैशाख २५ बाट तिलोत्तमामा राष्ट्रिय परिचयपत्र वितरण

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासीको सुनवल नपा –६ मा रहेको पोखरीमा डुबेर एकै घरका दाजुभाइ मृत फेला

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

भर्खरै

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

  • द्वन्द्वपीडितहरूको अपिलः आयोगको नियुक्ति त्यागेर पीडितलाई सघाउनुहोस्

  • बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

  • चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech