ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जुम्ली महिलाले जित्दै गरेको छुईविरुद्धको लडाइँ

लुम्बिनी दर्पण २०७८ कार्तिक २५, बिहीबार १५:०२
[sharethis-inline-buttons]

जुम्ला , कार्तिक  २५

कर्णाली प्रदेशको केही जिल्लामा कुरीतिका रुपमा जकडिएको छुई प्रथा ९छाउपडी० अन्त्य गर्न जुम्लाको तिला गाउँपालिकाले ‘मनका गोठ’ भत्काउने अभियान थालेको थियो । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाईसँगै राखेर सचेत गराउँदै महिलाको “मनमा रहेका गोठ’ भत्काउने अभियान थालेको थियो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।

अभियानले महिनावारी हुँदा वनको गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिलालाई छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी बनाएको छ । अझै पनि केही महिला छुई हुँदा गोठमा गाईवस्तुसंगै बस्न बाध्य छन् । तिलागाउपालिका–१ की रारालिहीँ गाउँकी दुर्गा बुढाले भनिन्, ‘तर, हामीले भने अब स्वास्थ्यलाई दाउमा राखेर गोठमा बस्न सकिँदैन भनेर दुई वर्षदेखि घरको एक कोठामा छुई भएको बेला बस्ने गरेकी छु । उनले भनिन्, ‘गोठमै बसेर धेरै वर्ष बिते, श्रीमान्को प्ररेणाले अब घरमै बस्न थालेकी छु ।’ छुई हुँदा यहाँ तीनदेखि सात दिनसम्म बार्ने चलन छ ।

तिला गाउँपालिका र सर्वोदय नेपालले गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुईगोठमुक्त अभियान बारे छलफल चलाएपछि रारालिहीँ र लिहीगाउँलाई बुधबार छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ । स्थानीय सरकार गठन भएदेखि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको आर्थिक समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रुपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ यो अभियान कुनै धामीझाँक्रीकाविरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको अध्यक्ष योगीको भनाइ छ ।

तिलागाउपालिका–१ की कार्यपालिका सदस्य बाटु बुढाले भनिन्, छुई प्रथा महिलालाई दबाउन गरिएको कार्य हो । यो कार्य अहिलेको समाज सुहाउँदो छैन । अब हाम्रो सुरक्षाको लागि भए पनि छुई गोठमा होइन बस्न तयार भएका हौं,’ बुढाले भनिन, ‘अब हामी सबै महिला घरभित्रको एउटा कोठामै बस्न थालेका छौ ।’

जुम्ला तिला गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मै छुई गोठमुक्त गाउँ घोषणा गर्न सफल भएको उपाध्यक्ष बिष्णु बुढाले बताइन । उनले भनिन्, ‘राज्यले नै छाउपडी प्रथा अन्त्यका लागि निर्देशिका बनाएको छ । परम्परादेखि चलिआएको छुई प्रथा सबै मिलेर फ्याँक्नु पर्ने आश्यकता छ ।’

उनले धामीझाँक्री, सासुससुरा, पुरुष, किशोरकिशोरी सबैसँगको सहकार्यले मात्रै यो सम्भव हुने बताइन । ‘पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त बनाउने अभियान हो,’ उपाध्यक्ष बुढाले भनिन्, ‘सर्वोदय नेपालसँगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासँग छुईगोठमुक्त गाउँ घोषण गर्न तयार भएको छ । यो अभियान तिलागाउँपालिका मात्रै होइन जुम्लाका आठै वटा स्थानीय तहमा चलाउनु पर्ने आवश्यक छ ।’

छुइगोठमुक्त गाउँ घोषणा गर्न यहाँका संरचना पनि बाँधक बनेको स्थानीय धामी बिक्रम परियारले बताए । उनले भने, ‘अधिकांश घर दुई कोठाका छन् । एउटा भान्सा, एउटा सुत्ने कोठा,’ परियारले भने, ‘आफैँ छुईं भयौं भनेर गोठमा जान्छन् । आगामी दिनमा संरचना निर्माणदेखि हरेक अवरोधसँग जुध्न सक्ने संरचना निर्माणमा जोड दिने आवश्यक छ ।’तर पनि केही वर्षयता गोठमा बस्ने चलन धमाधम हटेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

घरमै सुरक्षित नहुने महिला गोठमा बस्दामा के हालत होला भनेर सबै मिलेर समाजका यस्ता कुसँस्कृति अन्त्य हुनु पर्ने निर्देशक खत्रीको भनाइ छ । स्रोत दिलमाया शाहीरन्यूज कारखाना


प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार १५:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech