ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

पाल्पाको तानसेनमा फलाम प्रशोधनको असर अझै, खनजोतमा समस्या

लुम्बिनी दर्पण २०७८ कार्तिक २७, शनिबार १३:५९
[sharethis-inline-buttons]

पाल्पा,कात्तिक २७

जिल्लाको तानसेन नगरपालिका–८ छापस्थित सेनकालीन फलाम प्रशोधनको असर अझै पनि देखिएको छ । ढुङ्गा प्रशोधन गरी फलाम निकाल्दा बेकार बस्तुले खेती गर्न समस्या भएको हो । छापकी फुलकुमारी सुनारको बारीमा कच्चा पदार्थ प्रशोधनबाट निस्केको फलामका बेकारका बस्तुहरु हलो तथा कोदालोमा लागेपछि समस्या हुँदै आएको छ । बारी कृषि उत्पादन वृद्धिका लागि खन्दा कोदालोमा फलामका बेकार बस्तु ठोकिने समस्या रही आएको सुनारको भनाइ थियो । बर्सेनि खनजोतमा निकै समस्या भएकोले मेलापात गर्न अरु मानिस आउन दुःख मान्ने अनुभव स्थानीयवासीको छ ।

छापको डाँडादेखि करिब २०० मिटर तल्लो भागको भिरालो जमिन खानी छ । खानीबाट निकालिएको ढुङ्गा बस्ती नजिक लगेर प्रशोधन गरिएकाले किटले अन्नवाली उत्पादनमा कमी हुन्छ । नेपाल एकीकरण बेला पाल्पा शक्तिशाली राज्यका रुपमा स्थापित थियो । युद्धका निम्ति चाहिने हातहतियारमा पाल्पा राज्य आत्मनिर्भर रहेको पाइन्छ । स्थानीय डिलबहादुर सुनारका अनुसार गर्मी र जाडो मौसममा फरक फरक स्थानमा फलाम प्रशोधन गरिएको पाइन्छ । फरक स्थानमा प्रशोधन गरिएकाले त्यसका असर डाँडावारि र डाँडापारिका बारीमा खेती गर्न अझै समस्या भएको सुनारले बताए । तरबार, खुँडा, खुकुरीलगायतका अन्य हतियार उत्पादन गरी युद्धमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

पाल्पा तानसेन नगरपालिकाको छापमा रहेको खानीबाट ढुङ्गा निकालेर प्रशोधन गरिएको फलामको हतियार उत्पादन गरी युद्धमा प्रयोग भएको स्थानीयवासी राजेशकुमार अर्यालले बताए। सेनकालीन समयमा प्रयोग भएको यो खानीलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने अर्यालको भनाई छ ।

खानीसम्म पुग्न सडकको सहज पहुँच छैन । छापका स्थानीयवासी नुहाउन जाने गोरेटो बाटोदेखि करिब १० मिटर माथि खानी छ । जङ्गलको बीच भागमा रहेको खानीमा दुम्सीको बासस्थान रहेको छ । दुम्सीले माटो फालेकोले अहिले प्रवेशद्वार नै साँघुरो बनेको स्थानीयबासिन्दा तथा वडासदस्य कुलबहादुर थापाले बताए । प्रवेशद्वार साँघुरो भए पनि भित्र निकै फराकिलो रहेको थापाले बताए । यहाँबाट ढुङ्गा डाँडाबस्ती नजिकै लगेर प्रशोधन गरी फलाम निकालिएको बूढापाकाले बताएको र त्यसको असर अझै पनि बारीमा देखिएको थापाले बताए।

सेनकालीन राज्य पाल्पालाई चाहिने हातहतियार छापमा उत्पादन हुँदै आएको थियो । त्यहाँका विश्वकर्मा जातिले उत्पादन गरेका हतियार युद्धका निम्ति सैनिकलाई हस्तान्तरण गरेको इतिहास छ । सेनकालीन फलाम खानीको फेरि उत्खनन हुनुपर्ने माग छ ।

इतिहासविद् निर्मल श्रेष्ठले खानी आसपासका क्षेत्रमा फलामको काम गर्ने विश्वकर्मा जाति र गोलन्दासको बस्ती छ । विश्वकर्मा जातिले कृषि उत्पादनका निम्ति चाहिने औजारको निर्माणसम्बन्धी काम गर्दै आएका छन् । गोलन्दास बाग्लुङबाट छापमा बसाइँसराइ गरी आएको पाइन्छ । गोलन्दास दक्ष सैनिकसँग सम्बन्धित पद हो । गोलन्दास त्यस क्षेत्रको खानीको सुरक्षा गर्न आएकोे हुनसक्ने बताइन्छ ।स्रोत कृष्ण दर्नाल रासस


प्रकाशित : २०७८ कार्तिक २७, शनिबार १३:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech