ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

लुम्बिनी दर्पण २०७८ कार्तिक ३०, मंगलवार १५:२७
[sharethis-inline-buttons]

गलकोट,, ३० कार्तिक

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेएका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ ।

नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ । गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मूल्यमा भने गिरावट आएको छ । उनले किबीको मूल्य सुरुमा एक हजार भए पनि अहिले मूल्य घटेर तीन÷चार सयप्रति केजीमा सीमित भएको बताए । पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुँने उनको भनाइ छ ।

“खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मूल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुनसकेको छैन, बागलुङमा विदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ” अध्यक्ष पाइजाले भने,“एकीकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मूल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबीप्रतिको मोहो राम्रो छ ।” उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको बिरुवाको काटछाट र मलजल गर्न आवश्यक रहेको बताए ।

उनले २५ रोपनीमा १० वर्षदेखि किबीखेती गर्दै आएका छन् । यस्तै काठेखोला गाउँपालिका–७ का वडध्यक्ष प्रेम लामिछाने परीक्षणका लागि लगाइएको किबीका बिरुवाले दुईवर्षदेखि उत्पादन दिन थालेको बताए । उनले दुई रोपनी जग्गामा लगाउनुभएको ३० किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको विस्तार गर्ने योजनामा छन् ।

उनले भने “मैले व्यावसायिक रुपमा नलगाएर परीक्षणको लागि मात्रै लगाएको हुँ, किबीले राम्रो उत्पादन दिन सुरु गरेको छ, गतवर्ष १०० केजी किबी बिक्री गरेको थिएँ, अहिले त्यो भन्दा बढी बिक्री गर्ने योजनामा छु ।” पाँच वर्षअघि किबीको मूल्य प्रतिकेजी रु एक हजार थियो तर अहिले मूल्य घटेर रु ३०० मा झरेको छ । लामिछानेको भनाइ छ ।

सिगानामा पहिलो पटक किबीखेती भित्र्याउनुभएका पूर्व शिक्षक अनन्तबहादुर खड्काले यसवर्ष उत्पादन घटेको बताए । आठ वर्षदेखि किबीखेती गर्दै आएका खड्काले यसवर्ष किबीको बिरुवा काटछाँट गर्न नपाउँदा समस्या भएको बताए । उनले यसवर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा छन् । खड्काले पनि भनेजस्तो मूल्य नपाएको गुनासो गरे ।

उनले गतवर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको जानकारीदिए । यस्तै जिल्लाको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनीलगायतका क्षेत्रमा समेत किबी खेतीप्रति किसानको आर्कषण रहेको छ । सिगानाकै हरिबहादुर जिसीले पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आएका छन् । कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उनले गाउँमै कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याए । किबीको बिरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ । किसानले झाललाई राम्रो थाँक्रो हाल्नसके मात्रै किबीको राम्रो उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको किबीको फल सानो भएकाले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार १५:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech