ताजा अपडेट

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

मोहन बस्नेतको सांसद पद निलम्बन

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

लुम्बिनी दर्पण २०७८ कार्तिक ३०, मंगलवार १५:२७
[sharethis-inline-buttons]
Image XYZ

गलकोट,, ३० कार्तिक

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेएका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ ।

नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ । गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मूल्यमा भने गिरावट आएको छ । उनले किबीको मूल्य सुरुमा एक हजार भए पनि अहिले मूल्य घटेर तीन÷चार सयप्रति केजीमा सीमित भएको बताए । पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुँने उनको भनाइ छ ।

“खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मूल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुनसकेको छैन, बागलुङमा विदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ” अध्यक्ष पाइजाले भने,“एकीकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मूल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबीप्रतिको मोहो राम्रो छ ।” उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको बिरुवाको काटछाट र मलजल गर्न आवश्यक रहेको बताए ।

उनले २५ रोपनीमा १० वर्षदेखि किबीखेती गर्दै आएका छन् । यस्तै काठेखोला गाउँपालिका–७ का वडध्यक्ष प्रेम लामिछाने परीक्षणका लागि लगाइएको किबीका बिरुवाले दुईवर्षदेखि उत्पादन दिन थालेको बताए । उनले दुई रोपनी जग्गामा लगाउनुभएको ३० किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको विस्तार गर्ने योजनामा छन् ।

उनले भने “मैले व्यावसायिक रुपमा नलगाएर परीक्षणको लागि मात्रै लगाएको हुँ, किबीले राम्रो उत्पादन दिन सुरु गरेको छ, गतवर्ष १०० केजी किबी बिक्री गरेको थिएँ, अहिले त्यो भन्दा बढी बिक्री गर्ने योजनामा छु ।” पाँच वर्षअघि किबीको मूल्य प्रतिकेजी रु एक हजार थियो तर अहिले मूल्य घटेर रु ३०० मा झरेको छ । लामिछानेको भनाइ छ ।

सिगानामा पहिलो पटक किबीखेती भित्र्याउनुभएका पूर्व शिक्षक अनन्तबहादुर खड्काले यसवर्ष उत्पादन घटेको बताए । आठ वर्षदेखि किबीखेती गर्दै आएका खड्काले यसवर्ष किबीको बिरुवा काटछाँट गर्न नपाउँदा समस्या भएको बताए । उनले यसवर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा छन् । खड्काले पनि भनेजस्तो मूल्य नपाएको गुनासो गरे ।

उनले गतवर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको जानकारीदिए । यस्तै जिल्लाको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनीलगायतका क्षेत्रमा समेत किबी खेतीप्रति किसानको आर्कषण रहेको छ । सिगानाकै हरिबहादुर जिसीले पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आएका छन् । कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उनले गाउँमै कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याए । किबीको बिरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ । किसानले झाललाई राम्रो थाँक्रो हाल्नसके मात्रै किबीको राम्रो उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको किबीको फल सानो भएकाले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् । स्रोत रासस


प्रकाशित : २०७८ कार्तिक ३०, मंगलवार १५:२७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • मोहन बस्नेतको सांसद पद निलम्बन
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न
  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए
प्रतिक्रिया

यो पनि पढौँ

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

तिलोत्तमामा दलित ज्ञान उत्सव–२०८२ को तयारी

बैशाख २५ बाट तिलोत्तमामा राष्ट्रिय परिचयपत्र वितरण

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

वर्षाले नारायणगढ–बुटवल सडक अवरुद्ध

नवलपरासीको सुनवल नपा –६ मा रहेको पोखरीमा डुबेर एकै घरका दाजुभाइ मृत फेला

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

भर्खरै

  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

  • मोहन बस्नेतको सांसद पद निलम्बन

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • तिलोत्तमा महिला मैत्री नगर बन्दै, समावेशी र सुरक्षित शहर निर्माणका लागि कार्यशाला सम्पन्न

  • बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

  • नागढुंगामा प्रहरी जवान कुट्ने ट्राफिक इन्सपेक्टर जिम्मेवारीबाट हटाइए

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech