ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बन्दै गएको छ ः नगर प्रमुख घिमिरे

लुम्बिनी दर्पण २०७८ मंसिर ३, शुक्रबार १४:२०
[sharethis-inline-buttons]

तिलोत्तमा, मंसिर ३ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्षपछि; ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नैं भवन निर्माण भएसँगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यसअघि स्वास्थ्य चौकी विभिन्न संघ—संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो ।

स्थानीय बासिन्दाले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भएपछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो । शिलन्यास गर्नुभएका तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले नैं भवनको संयुक्त रुपमा उद्घाटन समेत गर्नुभएको छ ।

९ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत स्वास्थ्य चौकीमा खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय—कुष्ठ, विद्यालय तथा किशोर÷किशोरी शिक्षा, बिरामी परीक्षण, औषधि वितरण, प्रयोगशाला लगायतका प्रवद्र्धनात्मक र निदानात्मक सेवाहरु उपलब्ध छन् । स्वास्थ्य चौकीले वडा नं. ८ का अतिरिक्त वडा नं. ७, ९, ११ का बासिन्दालाई सेवा दिँदै आएको छ ।

भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले आधारभूत स्वास्थ्य सेवा नगरका सबै वडामा पुर्याइएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बन्दै गएकोले त्यसबाट लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीले बिरामीको सेवालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउँदै सकेसम्म रोग लाग्नै नदिन सबै जना सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

नगर प्रमुख घिमिरेले नवनिर्मित स्वास्थ्य चौकी भवनबाट प्रवाह हुने सेवा हिजो भन्दा राम्रो भएको अनुभुति दिनेगरी काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । विगतमा सरकारी स्वास्थ्य क्षेत्रमा केही बेथिति भए पनि जनप्रतिनिधि आइसकेपछि अनुगमनपश्चात स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको उहाँको भनाइ छ ।

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै यसमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष लक्ष्मण खनाल, वडाध्यक्ष कृष्ण पौडेल, स्वास्थ्यकर्मीहरु ईश्वरीप्रसाद पाण्डेय, कृष्णकुमारी पाण्डेय, बाल क्लवकी वडा संयोजकलगायतले बोल्नु भएको थियो ।

यसैबीच भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले करहिया स्वास्थ्य चौकीलाई इमरजेन्सी रिलिफ बेड सहयोग गरेको छ । प्रतिष्ठानले स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा २ थान बेड हस्तान्तरण गरेको हो । प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी र वडाअध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेललाई उक्त बेड हस्तान्तरण गर्नु भएको हो ।


प्रकाशित : २०७८ मंसिर ३, शुक्रबार १४:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

आज गाईजात्रा पर्व मनाइँदै

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech