लुदअ, कपिलबस्तु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानवअधिकार समुह बुद्धभुमिको आयोजनामा मङ्ंसिर २१ गते बुद्धभुमि नगरपालिका २ गोरुसिंगेमा शिक्षा, स्वास्थ्य ,खाद्य र आवासको अधिकारको सवालमा सरोकारवाला बिच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा वडा नं. २ का वडा अध्यक्ष भेषराज खनालले सहभागिहरुका जिज्ञासाहरुलाई संबोधन गर्दै शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारका बिषयमा उठेका सवालहरु नगरकार्यपालिकाको बैठकमा एजेण्डा बनाएर छलफल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
सुचना प्राप्त गर्ने अधिकार सम्पुर्ण नागरिकको भएको हुँदा वडा र नगरपालिकामा गएर सुचनाहरु लिन र आफुले प्राप्त गर्ने अधिकारबाट बञ्चित नहुन सहभागिहरुलाई आग्रह गर्नुभयो । शिक्षा , स्वास्थ्य , खाद्य र आवासको बिषयमा आम नागरिकहरु सचेत हुनुपर्नेमा कार्यक्रमका प्रमुख अतिथी खनालले जोड दिनु भयो ।
यसैगरी वडा नं. २ का १ हजार ८ सय ३१ घर धुरीका बस्तीहरुका लागि शुद्धपिउने खानेपानी योजनालाई अगाडी बढाउँदै आएको छ । आवासको क्षेत्रमा वडा नं. २ का २५ घरलाई जस्तापाता बितरण गरिएको जानकारी दिनु भयो । लक्षित समुहहरुले जस्तापाता प्राप्त गरे पनि खाँवा खुट्टाको ब्यबस्थापन गर्न नसक्दा घरहरु बन्न नसकेको बताउनु भयो ।
सरकारले निशुल्क शिक्षा भने पनि कुनै न कुनै बहानामा बिद्यालयहरुले शुल्क उठाइरहेको गुनासो आईरहेको छ । शिक्षामा प्रर्याप्त बजेट बिनियोजन नगर्दा बिद्यार्थीहरुले शुल्क तिर्न बाध्य भएको हो । नगरपालिकाले बिभिन्न सामुदायिक बिद्यालयहरुमा ९० जना शिक्षकहरुको ब्यबस्था गरेको छ । इन्सेक मानव अधिकार समुहले बेलाबेलामा यस्ता कार्यक्रमहरु संचालन गरी सचेत गराउँदै आएकोमा धन्यवाद दिनु भयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख देबीराम बेल्बासेले शाखाबाट लक्ष्य अनुसारको कामहरु भैरहेको बताउनु भयो । कृषि शाखामा प्राबिधिकहरु कमी भए पनि सेवा दिईरहेको जानकारी दिंदै रासायनिक मलको ब्यबस्थापन बुद्धमूमि नगरपालिकाले समुह सहकारी मार्फत बितरण गर्दै आएको बताउनु भयो ।
स्वास्थ्य शाखाका स्वास्थ्य शाखा अधिकृत गोकर्ण अर्यालले हैजाका कारण मानपुरमा १ बालकको मृत्यु भएको बताउनु भयो । हैजा बुद्धभुमि नगरपालिकाका सबै स्थानहरुमा फैलिएको हुँदा सरसफाई र खानपानमा ध्यान दिन आग्रह गर्नु भयो । मान्छेको दिशा खाएरै यो रोग फैलिरहेको सर्वेक्षणले देखाएको हुँदा सबैलाइ सचेत हुन र सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
साथै यस बर्ष गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिंदै जेष्ठ नागरिगरिहरुका लागि स्वास्य शिबिर, टाईफाईडका बिरामीहरुका लागि खोप संचालन हुने र मङ्सिर २३ गते देखि १८ बर्ष देखि माथिका सम्पुर्ण नागरिकहरुलाई कोरोनाको खोप संचालन गरिने अधिकृत अर्यालले बताउनु भयो ।
यस नगरपालिकामा संक्रमित संख्या १ हजार ३ सय ५ जना रहेको र ७ हजार ८ सय जनाको कोरोना परिक्षण भएको , नगरपालिकाले मृत्यु भएका घर परिवारलाई रु. २० हजार राहत स्वरुप रकम हस्तान्तरण गरेको समेत जानकारी दिनु भयो ।
यस्तै जयनगर स्वास्थ्य चौकीका प्रमुख डोल बिक्रम बेल्बासेले इन्सेक मानव अधिकार समुहले स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै आएको भन्दै इन्सेकलाई धन्यबाद दिनु भयो । खुल्ला दिशा मुक्त घोषणा भएको नगरपालिकामा सौचालय नहुनु दुखको कुरा भएको बताउनु भयो । हात्तीपाईले रोगका बिरामीहरुले औषधी नखाईदिंदा बिरामीहरुको समस्या जहाँकोत्यही रहेको बताउनु भयो ।
पशु सेवा शाखा अधिकृत अन्जु आचार्यले शाखाले कार्यबिधिमा रहेर कार्यहरु सम्पादन गर्दै आएको बताउनु भयो । सबैलाई ब्यबसायी भन्न नमिल्ने भएको हुँदा त्यसलाई परिबर्तन गररे फर्महरु दर्ता गर्न थालिएको जानकारी दिनु भयो । दुध डायरी र मासु पसलहरुमा अनुगमन गरिएको र कमी कमजोडी देखिएकोमा सुझाव दिंदै आएको बताउनु भयो ।
यस्तै सामुदायिक बिद्यालय ब्यबस्थापन समिती महासंघका केन्द्रिय सदस्य चुरामणी पोख्रेलले सामुदायिक बिद्यालयका माध्यमिकतह सम्मका लागि सरकारले निशुल्क शिक्षा भने पनि कार्यान्वयन हुन नसकेको भन्दै पटक पटक आवाजहरु उठान गर्दै आएको बताउनु भयो ।
सरकारले माध्यमिक तह सम्म निशुल्क शिक्षा भने पनि कार्यान्वयन हुन सकेको छैन । जुन बिद्यालयमा बिद्यार्थी संख्या धेरै छन् त्याहाँ शिक्षकको संख्या एकदमै न्युन रहेको छ भने जहाँ बिद्यार्थीहरुको संख्या एकदमै न्युन छन् त्याहाँ शिक्षकको संख्या धेरै रहेको छ । शिक्षकहरुले घाम तापेर बसिरहेका छन् , यस बिषयमा पटक पटक संबन्धित निकायसंग स्थानियतह देखि केन्द्र सम्म माग गर्दा समेत सुनुवाई नभएको बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिंगेका सही कृष्ण प्रसाद खनालले बजार अनुगमन गर्दा मिती सकिएका पुराना समानहरु बरामद गरी नष्ट गरिएको बताउनु भयो । चाडपर्बमा मात्र नभएर कम्तीमा तिन महिनामा एक पटक बजार अनुगमन गर्न सके उपभोक्ताहरुले पैसा तिरेर खाने खाद्य बस्तुहरु गुणस्तरिय खान पाउने बताउनु भयो । साथै भिडभाडमा जाँदा सम्पुर्ण नागरिकहरुले स्वास्थ्य सतर्कता अपनाउन समेत आग्रह गर्नु भयो ।
नेपाल महिला एकता समाजका बास अधिकारकर्मी नारायणी पाण्डेले सुकुमबासी बस्तीमा बसोबास गर्दै आएका परिवारहरुले बर्षौ देखि समस्या झेल्दै आएको बताउनु भयो । ढोका नभएका घर त्यसमा पनि चुहिने छानो भएका घरमा बसोबास गर्दै आएका जेष्ठ नागरिक , महिला तथा बालबालिकाहरु चर्को घाम लाग्दा र पानी पर्दा खुल्ला आकास मुनि बसेसरह भएको बताउनु भयो ।
जन प्रतिनिधीहरुले चुनावका बेला मात्र बस्तीको अवलोकन गर्दा मिठा कुराले भोट माग्ने र निर्वाचित भएपछि ती बस्तीहरुलाई फर्केर नहेर्ने प्रबृत्ति भएको भन्दै सुकुम्बासी वा अब्यबस्थित बस्तीका नागरिकहरुलाई अवको निर्वाचनमा जो भोट माग्न आउनु हुन्छ पहिला लालपुर्जा हातमा लिएर मात्र भोट दिन आग्रह गर्नु भयो ।
होटल ब्यबसायी संघका सदस्य आषिस भण्डारीले कस्तो खाद्य बजारमा दिनुपर्छ र खाने खाद्य कस्तो हो भन्ने बिषयमा सबैले जान्न जरुरी भएको बताउनु भयो । आफुलाई कस्तो खानाले स्वास्थ्यलाई फाईदा गर्छ भन्ने बिषयमा ब्यक्तिले नै ध्यानदिन आबश्यक भएको उहाँको भनाई छ ।
यस्तै बुद्धभुमि ६ की महिला स्वास्थ्य स्वयमं सेविका निर्मला बढईले उपचारकालागि स्वास्थ्य चौकीमा जाँदा बिरामीहरुले राम्रो सेवा पाउँदैनन जिल्लामा जानकालागि आर्थिक अवस्था एकदमै कमजोर भएका ब्यक्तीहरुका लागि जोखिम भएको बताउनु भयो । महुँवा स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टर नहुँदा सुत्केरी महिलाहरुले समस्या भोग्दै आएका छन् ।
गर्भवती महिलाहरुका लागि आईरन चक्की प्राप्त भए पनि पोषण युक्त खानेकुराहरु उपलब्ध नहुनु दुखको कुरा भएको गुनासो गर्नु भयो । महिला स्वास्थ्य स्वयमं सेविका लक्ष्मी न्यौपानेले मानव अधिकारकर्मीहरुले गरेका राम्रा कामहरुका बारेमा सुन्न पाउँदा खुशी ब्यक्त गर्नु भयो ।
यसैगरी दलित जनजागरण सेवासंघका अभियान्ता रण बहादुर सुनारले कार्यक्रममा सुने बुझेका कुराहरु सबैले ब्यबहारमा उतार्न सके लक्षित समुदायहरुले हक अधिकारको बारेमा बुझ्न सक्ने बताउनु भयो । लक्षित समुहले पनि सहज रुपमा सेवासुबिधाहरु प्राप्त गर्न नपाएको गुनासो गर्नुभयो ।
बिद्यार्थी सर्मिला थारुले सरकारले निशुल्क शिक्षा भने पनि बिभिन्न बहानामा बिद्यालयहरुले शुल्क लिने कार्य गलत भएको गुनासो गर्नु भयो । आर्थिक अवस्था कमजोड भएकी सर्मिलाले आफ्ना समस्याहरु बताउँदै संबिधानमा उल्लेख गरिएका सुबिधाहरु नपाईएको र बिद्यालयमा बितरण गर्ने निशुल्क सेनेटरी प्याड गुणस्तरिय नभएको गुनासो गर्नु भयो ।
कार्यक्रम मानव अधिकार समुह बुद्धभुमिका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता , उपाध्यक्ष राधा अदै बञ्जाडेको स्वागत तथा समुहका सदस्य प्रबिण बिश्वकर्माको संचालनमा सम्पन्न कार्यक्रममा इन्सेक सहजकर्ता पार्बती आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अन्जुली पन्थी, महुवा स्वास्थ्य शाखाका ईन्चार्ज बोमलाल भण्डारी , बुद्धभुमि क्यामपसका अध्यक्ष राजेन्द्रराज आचार्य, समाजसेवी, बुद्धिजिबी, बिभिन्न वडाका सेवाग्राहीहरु, संचारकर्मी, सुरक्षाकर्मी महिला स्वास्थ्य स्वयमं सेविका, मानव अधिकारकर्मी बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।


















